
दाेलखाली काँग्रेस नेता बर्मा लामा सामाजिक सञ्जालबाटै आलाेचित
दाेलखा- दाेलखा जिल्लाकै सभापति समेत बनेका काँग्रेस नेता बर्मा लामाले सामाजिक सञ्जालमा हाल भइरहेकाे काँग्रेसकाे दाेस्राे विशेष महाधिवेशनप्रति असन्तुष्ट जनाउँदै गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरमाथि खनिंदै यस्ताे भनाइ सार्वजनिक गरेका छन्- जस्ताकाे तस्तै यहाँ हेर्नुस् ।
नेपाली काँग्रेस दोलखाको साथीहरू ! शुभचिन्तकहरु तथा दोलखाली जनता दाजुभाइ , दिदीबहिनीहरु सबैलाई नमस्कार जयनेपाल।
देश अन्योल छ, लोकतान्त्र खतरामा छ !पार्टीका महामन्त्रीहरु विश्व ,गगन थापा जिहरु विदेशीको ईसारामा पार्टी विभाजन गरिरहेको छ। हामी असली निष्ठावान कार्यकर्ता, नेपाली काँग्रेसको शुभचिन्तक ,आम जनता पिडामा छौ! देशमा बेलाबखत यस्ता कुलंघार हरु, देसद्रोहीहरु, स्वर्थीहरु जन्मिने गर्दछ! ६६% प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको भन्ने हल्ला चलाएर भ्रम फिजाएको छ , दोलखामा २७ जनामा ६ जनाले हस्ताक्षर गरेको छ,वहाँहरु समेत फिर्ता हुन्छ जस्तो लाग्छ । कति प्रतिशत भयो हिसाब गर्नु होला !यो भ्रम चिर्नको लागि हामी हस्ताक्षर संकलन गरेर देखाउछौ । हामीलाई केही धक्का लागेको छ तर हामी शुन्यबाट उठ्नु तयार छौ कोही कसैलाई आतिनु पर्ने छैन हामी एक ढिक्का भएर समस्याको समाधान गर्न सक्छौ ! आ-आफ्नो स्थानबाट नेपाली काँग्रेसलाई परेको विपत्ति को सामाना गर्न समेत अनुरोध गर्दछु।जयनेपाल।

सभापतिकाे साे स्टाटसमाथि आलाेचना गर्दै उनलाई अधिक संख्याले प्रतिक्रियास्वरूप समय र संगतकाे ज्ञान लिन जरुरी रहेकाे बताएका छन् । संस्थापन पक्षकाे निर्णय नै सही हाे भन्ने तर्ककाे पछाडि लाग्नु भनेकाे चाकडीवादमा लाग्नु हाे भन्ने आशय व्यक्त गरेका छन् । यसै स्टाटसकाे प्रतिक्रिया दिंदै एकजनाले लेखेकाे छ,- ‘बिचार मिलेन भन्दैमा देश द्रोहि बिदेशीको ईसारा मा चलेका चाहि भनि हाल्न मिल्दैन होला हो दाजु। बरू भ्रष्ट कांग्रेस र प्रष्ट कांग्रेस छुटिने संघारमा छ भन्नुस।‘ – दीप-शान्त कार्की ।
त्यसैगरी सभापति लामाप्रति लक्षित गरी विजय याेन्जन लामा लेख्छन्, – ‘देउवानिकट रहेका नेताहरूको ठूलो पंक्ति कि त विवादित छन् कि उमेरले पाका छन् । पार्टी र सत्तामा पटक–पटक अवसर पाएका नेताहरूको बाहुल्य छ । प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार उमेरले पाका छन् । बीपी कोइरालाका छोरा शंशाक खुलेर कुनै पक्षमा स्पष्ट अडानसाथ लागेको देखिँदैन । मोहन बस्नेत, बालकृष्ण खाण, रमेश लेखक, दीपक खड्कालगायत विवादित छन् । बस्नेतविरुद्ध टेरामक्स खरिद प्रकरणको भ्रष्टाचार मुद्दा विशेष अदालतमा छ । खाणविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । गच्छदारविरुद्ध ललिता निवासको सरकारी जग्गाको भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन छन् । पूर्वगृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा अनियमितता गरेको आरोप छ । गत २३ भदौमा जेन–जी आन्दोलनमा दमन गरेको आरोप पनि छ । केही समय अघि मात्र जाँचबुझ आयोग र मानवअधिकार आयोगमा उनले बयान दिएका थिए । दीपक खड्का स्काउटको जग्गा विवादमा मुछिएका थिए । देउवा समूहमै रहेका काठमाडौं–३ का सभापति एवं पूर्वसांसद सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्तिसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन छ । प्रतिनिधिसभा सदस्यमा पराजित भएका कृष्णप्रसाद सिटौलालाई लगत्तै राष्ट्रिय सभाको सांसद बनाइएकामा पार्टी नेतृत्वको आलोचना भएको थियो । देउवाको ‘किचन क्याबिनेट’ मा रहँदै आएका प्रवक्ता प्रकाशशरण महत जनतामा परीक्षण नहुने तर अवसर पाइरहने नेताका रूपमा परिचित छन् ।‘
लगातार आलाेचना खेप्न सभापति लामाले सामाजिक सञ्जालमा किन यस्ताे कदम उठाए ? भन्ने प्रश्न यत्रतत्र उठ्न थालेकाे छ ।