
स्वदेश खबरः- राष्ट्रपति रामचन्द्र पौडेललगायत शीर्ष नेताहरूले पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सम्मान प्रकट गरेका छन्।
महामन्त्री गगन थापाले भदौ २३–२४ को घटनालाई जनता गणतन्त्रमा ‘नेपोबेबीको राज’ देखेर आक्रोशित भएको बताए। महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र देश दुवै बदल्ने संकल्प व्यक्त गर्दै कमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। नेता प्रदिप पौडेलले विधान बेवास्ता भएकाले विशेष महाधिवेशन भएको स्पष्ट गर्दै भविष्य रक्षा गर्ने जिम्मा प्रतिनिधिहरूमाथि रहेको बताए।
नेतृ पुष्पा भुसालले गुट अन्त्य र गठबन्धनविहीन काँग्रेस बनाउनुपर्ने धारणा राखेकी छन् भने नेता चन्द्र भण्डारीले सभापति देउवालाई किसुनजीजस्तै मिलापकारी भूमिका खेल्न आग्रह गरे। नेपाली काँग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गरिसकेका छन् । बन्द सत्र आज सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ।
जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच १२ बुँदे सम्झौता हुँदै एकीकरण सम्पन्न भएको छ। जसमा जसपाका महन्थ ठाकुर संयाेजक रहने र लाेसपाका उपेन्द्र यादव अध्यक्ष बनेका छन् ।
खेलकुद खबरमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा अमेरिकालाई ४ विकेटले पराजित गरेको छ। नेपालमै हुने ग्लोबल क्वालिफायरमा शीर्ष चार टिम विश्वकपमा छनोट हुनेछन्।
दुर्घटना सम्बन्धी खबरमा नारायणगढ–मुग्लिन सडकमा पहिरोले बेपत्ता भएका दुई बसको अवशेष त्रिशुली किनारमा भेटिएको छ। ३५ जनाको अवस्था अझै अज्ञात रहेकाे छ।
अर्थतन्त्र खबरमा गत २४ घण्टामा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। सुन तोलाको मूल्य २ लाख ७० हजार ६ सय र चाँदी तोलाको मूल्य ४९९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय खबरः माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले एआई दुरुपयोगले जैविक आतंकवाद सजिलो हुन सक्ने चेतावनी दिएका छन्। यदि समयमै कडा नियमहरू लागू गरिएन भने, साना समूहहरूले पनि एआई प्रयोग गरेर खतरनाक जैविक हतियारहरू डिजाइन गर्न सक्षम हुन सक्ने चेतावनी दिएका छन् ।
इरानी राष्ट्रपति मसूद पजास्कियानले अमेरिका र इजरायलले दंगा भड्काएको आरोप लगाएका छन्। यदि समयमै कडा नियमहरू लागू गरिएन भने, साना समूहहरूले पनि एआई प्रयोग गरेर खतरनाक जैविक हतियारहरू डिजाइन गर्न सक्षम हुन सक्ने चेतावनी दिएका छन् ।
इजरायल उच्च सतर्कतामा रहेको छ। नर्वेजियन नोबेल इन्स्टिच्युटले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोको भनाइप्रति असन्तुष्टि जनाउँदै नोबेल पुरस्कार बाँड्न वा स्थानान्तरण गर्न नसकिने स्पष्ट गरेको छ।
अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ। मादुरो पक्राउपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति नियुक्त भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकी समर्थनमा देश चलाएको बताउदै अब केहि समय भेनेजुएला आफुहरुको नियन्त्रणमा हुने बताएका थिए । आफ्ना नागरिकहरुलाई फिर्ता बोलाएर अमेरिकाले भेनेजुएलामा थप आक्रमणको संकेत गरेको छ ।
विदेश खबरकाे खेलकुदमा अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल समीकरण पूरा भएको छ। इजिप्ट, नाइजेरिया, सेनेगल र मोरक्को सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको सेमिफाइनलमा इजिप्ट, नाइजेरिया, सेनेगल र मोरक्को पुगेका छन् । गएराती सम्पन्न खेलमा इजिप्टले आइभरी कोष्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने नाइजेरियाले अल्जेरियालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
विदेश खबरकाे सिलसिलामा भारतकाे दार्जिलिङ तुङसुङका तेस्राे इण्डियन आइडल विजेता, गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र नेपाली कलाकार प्रमोद खरेललगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मनाेरञ्जन खबरतर्फ रणवीर सिंह अभिनित बलिवुड फिल्म ‘धुरन्धर’ले ८५० करोडभन्दा बढी कमाई गर्दै इतिहास रचेको छ। यसको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ। फिल्मले रिलिजको छैटौं साताको पहिलो शुक्रबार ३.६ करोड र शनिबार ६.१० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।