
काठमाडाैं – नेपाली काँग्रेसकाे विशेष महाधिवेशनको उद्घाटन सत्र पछिकाे पहिलाे दिन्मा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गरेका छन् ।
दाेस्राे दिन अर्थात् साेमबार २८ गते बिहान ८ः०० बजेबाट शुरु हुने नाम दर्ता बाँकी नै रहेकाे हुँदा काँग्रेसमा देउवा युगको अन्त्य भएर अब गगन युगको शुरुवात हुने संकेत देखिएको जानकारी विशेष महाधिवेशनमा सहभागी एक प्रतिनिधिले दिएकाे छ ।
पहिलो दिन २६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका छन्। कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधि सहभागी भएका छन्।
कुल ४,७३४ प्रतिनिधि रहेको महाधिवेशनको दोस्रो दिन सोमबार बिहान ८ बजे नाम दर्ता सुरु हुनेछ भने १० बजे बन्दसत्र प्रारम्भ हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?