Headlineघटना दुर्घटनासमाचार

शंखरापुर-३ साँखु फेदीमा बस दुर्घटना ३० भन्दा बढी घाइते

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्से फेदीकाे जङ्गलबीचकाे सडकमा बस दुर्घटना भएको छ ।दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएकाे दुर्घटनास्थलबाट स्थानीयले जानकारी दिएका छन् ।

भखर्रै प्राप्त जानकारी अनुसार ‘नेचर हब‘ नामक संस्थाबाट वनभाेज गएर फर्केका बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको जनाइएकाे छ ।

प्रहरी वृत्त साँखु, प्रहरी चाैकी जहरसिं पाैवा र स्थानीयवासीले दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुर्याइएको छ । स्थानीय एम्बुलेन्सद्वारा घाइतेहरू अस्पताल लाने क्रम जारी रहेकाे घटनास्थलमा रहेका स्थानीयले बताएका छन् ।

बा ४ ख ८७८८ नम्बरको बसमा करिब ४० यात्रु रहेको जनाउँदै स्थानीय प्रहरीले कम्तिमा ३० जना घाइते भएको र केहि अवस्था गम्भीर रहेको बताएको छ ।

उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर लगायतका अस्पतालमा पुर्‍याइएको छ । दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button