Headlineघटना दुर्घटना
काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेकाे सुमाे दुर्घटनामा ६ जनाकाे ज्यान गयाे


हेटौडा पाैष २० – काठमाडाैं-हेटाैडा चल्ने सुमाे गाडी मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सुमो गाडी दुर्घटना कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित प्रहरीले ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको बताएको छ ।
साँझ करिब सवा ५ बजे काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सुमोमा कुल ९ जना यात्रू सवार रहेका थिए, जसमा ६ जना पुरुष, एक महिला, एक बालिका र एक बालक रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?