Headlineबिशेषसमाचारसमाज

दोलखामा आजबाट स्वस्थानी व्रतकथा प्रारम्भ साथै माधव भजन

दोलखा पौष १९– भीमेश्वर नगरपालिका वडा नं. २स्थित परम्पराको शहर दोलखामा आज पौष शुक्ल पूर्णिमाबाट श्री स्वस्थानी माताको कथा वाचन–श्रवणको साथमा प्रभातकालनि समयमा माधवनारायणको भजन गाउँदै देशका मुख्य बजार परिक्रमा गरिंदै छ ।

विशेषतः महादेवको १०८ पीठको वर्णन, दक्ष प्रजापति र विरणीकी छोरी सतिदेवीको कारुणिक कथा, तारकासुर दैत्यको विनाश, कामदेव–रति, जालन्धर–वृन्दा, गोमाका छोरा बुहारी नवरज–चन्द्रावतीसँग सम्बन्धित कथाहरुको संगालोमा श्री स्वस्थानी माताको व्रत अपरिहार्य रहेको जोडिएको सन्दर्भमा आज अर्थात् पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूणिमासम्म यो विशेष संकीर्तनको रूपमा मानिन्छ ।

स्वस्थानी व्रत कथामा अझ महत्वपूर्ण धार्मिक अनुष्ठानमा अष्टमात्रिकाको पनि वर्णन गरिएको छ । यस ग्रन्थमा मानवजनमा हुनुपर्ने अनुशासन, मौलिकपन, सामाजिक सद्रभाव र कर्तव्यलाई विभिन्न कोणबाट वणन गरिएको पाइन्छ ।

स्वस्थानीमा सतिदेवीले आफ्ना पति महादेवलाई पिता दक्ष प्रजापतिले निन्दनीय व्यवहार गरी अपमान गरेकोमा असैह्य हुँदै अश्वमेघ यज्ञ जस्तो महा यज्ञकुण्डमा हाफालेर प्राण त्याग गरेपछिको अवस्थाबाट सिर्जित उनकै अंग पतनको कारणबाट बनेका अनेकन् पिठहरुको वर्णनले महादेवकोे विभिन्न स्थानमा पीठ उत्पति भएको बताइएको छ ।

दोलखामा आजकै दिनबाट स्थानीय पुरुष तथा महिलावर्ग सम्मिलित समूहले बिहानै नगरकाे गणेश मन्दिरमा भेला भएर माधवनारायणको भजन गाउँदै भीमेश्वर मन्दिरसम्म पुगेर समापन गर्ने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button