Headlineघटना दुर्घटनासमाचार
भद्रपुर बुद्ध एयरको विमान रनवेबाट चिप्लिए यात्रु र चालक सकुशल

काठमाडौं पाैष १९ – काठमाडौंबाट भद्रपुर गएको झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।
भद्रपुरमा अवतरण गर्ने समयमा विमान रनवेभन्दा बाहिरको भागमा गएको बताइएकाे छ । अहिले स्थानीय र सुरक्षाकर्मिले उद्धारको काम गरिरहेका छन् ।
काठमाडौंबाट भद्रपुर गएको विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको जानकारी प्राप्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?