Headlineप्रदेश खबर
सिन्धुलीमा मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता २०८२ शुरु

सिन्धुली पाैष १८ – सिन्धुलीको कमलामाई नगरपालिकामा शुक्रबार मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ।
नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले औपचारिक कार्यक्रममार्फत उद्घाटन गरेकाे साे प्रतियोगिता आगामी माघ २१ गतेसम्म वडा नं. ६ खम्बेचौर खेलमैदानमा सञ्चालन हुनेछ।
यस प्रतियोगितामा कराते, तेक्वान्दो, भलिबल, फुटबल र क्रिकेट (मेयर कप) तथा विद्यालयस्तरीय भलिबल (उप–मेयर कप) खेलहरू हुनेछन्। विजेता टोलीलाई ५० हजार रुपैयाँसहित ट्रफी र मेडल, दोस्रोलाई ३० हजार र तेस्रोलाई १५ हजार नगदसहित मेडल प्रदान गरिनेछ।
प्रतियोगितामा कमलामाई नगरभित्रका निजी तथा सामुदायिक विद्यालयका वडास्तरीय ८ र विद्यालयस्तरीय १३ टोली सहभागी भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?