Headlineमुख्यसमाचार

राष्ट्रिय सभाका उम्मेदवारकाे खर्च सिमा निर्धारण

१४ पुस काठमाडाैं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका उम्मेदवारले बढीमा ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सिमा निर्धारण गरेको छ ।

माघ ११ गतेका लागि तय भएको निर्वाचन आयोगले अन्तर्क्रियामा सबैभन्दा बढी १ लाख र कार्यालय सञ्चालन र सवारी साधनमा ७०-७० हजार खर्च गर्न पाउने सीमा तोकेको बताइएकाे छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए अनुसार चुनावी प्रचारप्रसार सामग्रीमा १४ हजार ५००, मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार, प्रचार प्रसार सामग्रीमा १४ हजार ५००, ढुवानीमा १० हजार, गोष्ठी-अन्तरक्रियामा एक लाखसम्म खर्च पाउनेछ ।

त्यसैगरी प्रचार-प्रसार, छापा एंव विद्युतीय माध्यममा १४ हजार ५००, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविधमा ३० हजार गरेर कुल ३ लाख ५० हजार खर्चको सीमा तोकेको आयोगले, जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button