Headlineबिशेषसमाचारसमाज

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकाे विषयमा कार्यशाला गाेष्ठी सम्पन्न

काठमाडाैं – मितिनि नेपालकाे आयोजनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि नीति, कानुन र सेवा सुविधाबारे काठमाडाैंका महिला स्वास्थ्य स्वयंसेविकाहरूकाे संलग्नतामा कार्यशाला गाेष्ठी सम्पन्न गरेकाे छ ।

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि नीति, कानुनले सम्वोधन नगर्दा नेपाल सरकारले दिएको सबै किसिमका सेवा, सुविधाबाट बञ्चित हुनुपरेको कुरामा केन्द्रीत हुँदै जागरण फैलाउन साे कार्यशाला गाेष्ठीकाे आयोजना गरिएकाे सहभागी एक स्वास्थ्य स्वयंसेविकाले बताएकी छन् ।

मितिनि नेपालद्वारा शुक्रवार राजधानीमा आयोजित समाराेहमा लैङ्गिक तथा यौनिक अल्पसख्यक समुदायका सवालहरु सम्बाेधनमा स्वयंसेविकाहरूकाे भूमिका उल्लेखनीय रूपमा रहँदै आएकाे विषयमा अन्तरक्रियात्मक गाेष्ठी भएकाे उनले बताइन् ।

कार्यक्रममा सहभागी सरोकारवालाले नेपाली नागरिक भएर पनि राज्यले दिने सबै खाले सुविधाबाट बञ्चित हुनुपरेको गुनासो व्यक्त गर्दै अब तमाम नेपाली महिलाहरू जागरूक भइसकेकाले राज्यमाथि कडा कदम चाल्नका लागि चेतना जगाउन उक्त कार्यशाला गाेष्ठीकाे आयोजना गरिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button