Headlineअपराध घटनासमाचार
केशवराज हायुको हत्या प्रकरणसँग सम्बन्धित अर्का युवकको पनि शव फेला

काठमाडाैं पुस ७ । भक्तपुर जिल्लाको सूर्यविनायक–७ लाकुरी भञ्ज्याङमा सोमबार बिहान २१ वर्षीय पारुहाङ राईको शव फेला परेको छ।
भक्तपुर प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता चक्रराज जोशीले जानकारी दिए अनुसार हायुको हत्या प्रकरणसँग सम्बन्धित अर्का युवकको पनि शव फेला परेको छ ।
भोजपुर अरुण गाउँपालिका–३ घर भएका राई ललितपुरको लुभुमा बस्दै आएका थिए। यसअघि मंसिर २ गते सिन्धुली गोलन्जोर–३ का केशवराज हायुको शव इनारमा फेला परेको थियो।
हायुको हत्या प्रकरणमा संलग्न देवराज ढुंगेल र जयराम अधिकारी पक्राउ परेपछि राईको हत्या भएको खुलेको हो। पक्राउ परेकाले राईलाई हत्या गरी जंगलमा फालेको स्वीकार गरेका छन्।
दुवै मृतक विदेश जाने तयारीमा थिए र ललितपुर लुभुस्थित कृषि फार्ममा काम गर्थे। हत्या हुनुको कारण भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?