कञ्चनपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

काठमाडाैं ६ पुस । कञ्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८२ पुस ५ गतेदेखि श्री कञ्चन माध्यमिक विद्यालय, शान्तिपुरमा सुरु भएको छ।
उद्घाटन समारोह नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा विशिष्ट अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरकी रामकुमारी राना सहभागी थिइन्।

स्थानीय स्राेतका अनुसार कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी, समाजसेवी, जनप्रतिनिधि तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन अवसरमा मार्चपास प्रतियोगितामा कञ्चन माध्यमिक विद्यालय प्रथम, उदय माध्यमिक विद्यालय दोस्रो र साइनिङ मुन विद्यालय तेस्रो भएका छन्।
नगरपालिकाले प्रतियोगिताबाट विद्यालय तहदेखि खेल प्रतिभा पहिचान, विकास र प्रोत्साहन हुने अपेक्षा गरेको छ। प्रतियोगिता अन्तर्गत विभिन्न खेल विधामा विद्यालयस्तरीय खेलाडीहरूको सहभागिता रहेकाे याे प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुने बताइएकाे छ ।
खबर तस्बिर साभारः स्थानीय स्राेत