समाचारसंस्कृति पर्व

हिमाली भेकका बासिन्दा आज तोल ल्होसार पर्व मनाउँदै

काठमाडौं पुस ५ – नेपालका हिमाली जिल्ला अन्तर्गतकाे हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायतका हिमाली भेगमा आज तोल ल्होछार पर्व मनाउँदै छन् ।

समयचक्रकाे परिवर्तनकाे हिसाबले मनाइने याे पर्व तामाङ समुदायको सोनाम ल्होसारसँग करिब मिल्दोजुल्दो तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ ।

पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल आदि प्रसादका रुपमा खाने चलन छ ।

यो पर्व नयाँ वर्षको स्वागतका लागि मनाउने गरिने याे पर्वमा इष्ट देवताकाे पूजाआजा गर्नाले देवताको विजय र भुतप्रेतको हार हुने विश्वास छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ ।

तोल ल्होसारको अर्थ हुन्छ “नयाँ वर्षको समयचक्र” भन्ने मान्यता रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button