
बीरगन्ज ४ पुस: बीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मीमा आयाेजित स्वस्थ्य शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको छ ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे विशेष सहयाेगमा स्वास्थ्य चाैकी आयाेजित शिविरमा निःशुल्क स्वास्थ्य शिविरबाट १ सय बढी महिला र बालबालिका लाभान्वित भएका छन्।
महानगरपालिका वडा नम्बर २७का वडाध्यक्ष हृदय प्रसाद कुर्मीको समन्वय तथा सहयोगमा आयोजना गरिएको शिविरमा रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसन जस्ता प्रारम्भिक परीक्षण गरिएकाे छ ।
चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए । जम्मा १०७ जना महिला तथा बालबालिकाले स्वास्थ्य परीक्षण गराइएकाे साे शिविरमा प्रारम्भिक परीक्षणपछि विशेषज्ञ चिकित्सकद्वारा परामर्श प्रदान गरिएको थियो।