Headlineअपराध घटनासमाचार

हत्यामा संलग्न रत्ननगर नगरपालिका-६ का एक व्यक्ति पक्राउ

काठमाडौं, १९ मंसिर – लमजुङ बेसीशहर नगरपालिका-२ भकुण्डे बस्ने ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न रहेको अभियोगमा चितवन साविक बछौली गाविस-१ हाल रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सीता आफ्नै घरमा २०८१ चैत ३१ गते मृत अवस्थामा फेला परेको घटनामा जिल्ला अदालत लमजुङबाट २०८२ वैशाख १५ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१बेलहियाबाट पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button