Headlineबिशेषसमाचारसमाज

नेवाः मैचा बाैचा नेपाल सम्वत् ११४६ निर्णायक नतिजा सहित विजेता घाेषणा

प्रेस विज्ञप्ति

काठमाडौं- Newa Maicha Boucha Nepal Sambat 1146 (नेवाः मैचा बाैचा नेपाल सम्वत् ११४६) को अन्तिम प्रतिस्पर्धा ‘ग्राण्ड फिनाले‘ (निर्णायक नतिजा) शनिबार राजधानीस्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको छ।

नेपालकाे सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षणलाई लक्षित गर्दै आयोजना गरिएको साे कार्यक्रममा वरिष्ठ कलाकार नारायदेवी प्रधानकाे प्रमुख आतिथ्य रहेकाे थियाे ।

प्रतियोगितामा बालबालिकाले विभिन्न सांस्कृतिक ज्ञान, प्रतिभा, व्यक्तित्व र अनुशासन प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए। मूल्याङ्कनपछि निम्न विजेता घोषणा गरिएको आयोजकले जानकारी दिएको छ। मुख्य उपाधिकाे क्रमाङ्क यसप्रकार रहेकाे छ-


नेवाः मैचा (महिला समूह)मा विजेताः- अनुसिया मानन्धर, फस्ट रनर अपः -सामना महर्जन (मल्टि मिडिया), र सेकेण्ड रनर अपः – नेरिशा महर्जन छनाेट हुन सफल भएका छन् ।

नेवाः बाैचा (पुरुष समूह)मा विजेताः- निरवेश श्रेष्ठ (व्यक्तित्व), फस्ट रनर अपः अथर्व प्रधान र सेकेण्ड रनर अपः अनाेमदर्शी वज्राचार्य रहेका छन् ।

त्यसैगरी अन्य उपाधि प्राप्त विजेता प्रतिभाहरूमा माधवी तुलाधर अनुशासितमा, उन्नति वज्राचार्य स्तरीय गतिविधिमा छनाेट हुन सफल भएका छन् भने निभाः महर्जन एकेडेमिकमा छनाेट भएकी छन् । त्यस्तै इमान्दारीमा ज्यज्बी यचु श्रेष्ठ, गुणस्तरीय तस्बिरमा अकिला शाक्य, ‘इसीए‘मा सियाेना मानन्धर, उत्तम पाेशाक सज्जामा उत्सव श्रेष्ठ रहेका छन् ।

प्रतियाेगितामा उत्कृष्ट शैलीकाे प्रतिमाकाे लागि समृद्धा महर्जन, सबैभन्दा उत्तम तथा मीठाे मुस्कानमा पुवा उर्जा तुलाधर, आकर्षक प्रस्तुतिमा अभिषेक श्रेष्ठ, उत्तम नेपाल लिपिमा युवानी महर्जन, सभ्य स्तरीय संस्कृतिमा अर्दिता महर्जन, असल नेतृत्वमा अइष्णा महर्जन, याेग्य व्यक्तित्वमा प्रशन्न महर्जन, विशुद्ध नेपाल भाषामा सदिच्छा महर्जन र बुद्धिमतापूर्वक कार्यका लागि आरज्ञ तुलाधर छनाेट हुन सफल भएका छन् ।

इभेन्ट्सका कार्यकारी प्रमुख सञ्जय महर्जन र प्रबन्ध निर्देशक वर्षा महर्जनले दिएकाे जानकारी अनुसार कलश इभेन्ट्सले आयोजना गरेकाे याे प्रतियाेगिता छनाेट कार्यक्रममा उपस्थित भइदिनुहुने सम्पूर्णमा धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, निर्णायक, प्रशिक्षक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
3
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button