‘चासोक तङ्नाम साँस्कृतिक उत्सव–२०२५‘ मलेशियामा भव्य रूपमा मनाइँदै

क्वालालम्पुर, मलेसिया । किरात याक्थुङ चुम्लुङ मलेसियाले आगामी चासोक तङ्नाम साँस्कृतिक साँभा–२०२५ भव्य रूपमा मनाइने भएकाे छ ।
आगामी १३ डिसेम्बर २०२५, शुक्रबार, Wilayah Persekutuan Kuala Lumpur मा साँझ ५ बजेदेखि हुने कार्यक्रमकाे उद्देश्य लिम्बू समुदायको मौलिक तथा ऐतिहासिक पर्व चासोक तङ्नाम लाई प्रवासमा पनि प्रभावशाली रूपमा संरक्षण र प्रवर्द्धन गर्ने रहेकाे छ ।
समारोहमा नेपालबाट माननीय निर्मला लिम्बू तथा लोकप्रिय गायिका सक्मना योद्हाङ विशेष अतिथि तथा प्रमुख आकर्षणका रूपमा सहभागी हुनुकाे साथै मलेसियामा रहेका स्थानीय कलाकार र अन्य नेपाली सांगीतिक समूहहरूको विविध सांस्कृतिक प्रस्तुति, नृत्य, लोकगीतहरू प्रस्तुत गरिने बताइएकाे छ ।
आयोजककाे जानकारी अनुसार प्रवासमा रहेका लिम्बू तथा अन्य नेपाली समुदायबीच भेटघाट, एकता, सांस्कृतिक आदान–प्रदान र अन्तरसम्बन्ध सुदृढीकरण यस समारोहको प्रमुख उद्देश्य रहेकोले मलेसियामा रहेका सम्पूर्ण लिम्बू समुदाय, नेपाली समाज तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित भई ‘सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्धन‘मा साथ दिन किरात याक्थुङ चुम्लुङ मलेसियाले आग्रह गरेको छ ।