Headlineघटना दुर्घटनासमाचार

गोर्कणेश्वर जोरपाटीमा एक पुरुष झुण्डिएको अवस्थामा फेला

काठमाडौ मंसिर १ – काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को जोरपाटी सिद्धेश्वर मन्दिर नजीकैको पीपलबोट चौतारो परिसरमा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको छ ।

उदयपुर जिल्लाका सो व्यक्ति स्वास्थ्योपचारको क्रममा रहेको अन्दाजी ६०–६१ वर्षको राई समुदायको भएको देखिन्छ । आज बिहान करिब ५ बजेतिर उनका छोरा बाबुको उपचारको क्रममा शिक्षण अस्पतालमा नाम दर्ता गर्न टिकट लिन गएको केही बेरमा नै निज आफ्नै डेरा अगाडिको सडकमा रहेको रेलिङमा पासो लगाएको अवस्थामा फेला परेको हो ।

अस्पतालले दिएको स्वास्थ्योपचारसँग सम्बद्ध प्लास्टिकको पिसाब थैलीसहित सडक नजिकैको पर्खालको रेलिङको दक्षिणपट्टि झुण्डिएको शवको प्रकृति हेर्दा आत्महत्या गरिने अवस्थाको अस्वभाविक दृश्य देखिएको छ ।

मृतकको दाहिने हातको कुहिनोले रेलिङमा टेकिएको, चप्पल लगाएकै अवस्था, जिब्रो बाहिर ननिस्केको, आँखा सामान्य अवस्थामा देखिएकोले उनको आत्महत्यामा शंका उब्जिएको घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीहरूको अनुमान छ ।

प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी निरीक्षक के.बी. कुँवरको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्न स्थानीय जनप्रतिनिधिसमेतको समन्वयमा मुचुल्का उठाएर लाशलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button