HeadlineHighlightsबिशेषसमाचार

सूचना सहज तर प्रक्रिया असहजः निर्वाचन आयोगको मतदाता नामावली अनलाइन दर्तामा समस्या

काठमाडौं कार्तिक ३० – निर्वाचन आयोगले नयाँ मतदाता नामावलीका लागि प्रविधियुक्त सेवाबाट आम नागरिकलाई सहजताको सूचना सम्प्रेषण गरिए पनि सर्भर समस्याको कारण धेरैले मतदातामा नाम दर्ता गर्न समस्या भोगिरहेका छन् ।

आयोगले नागरिकको हितलाई ध्यानमा राखी राष्ट्रिय परिचय पत्रकै आधारमा मतदाता नामावलीमा नाम दर्ता गरिने प्रक्रियाको जानकारी दिइएको भए पनि अनलाइनबाट नाम दर्ता गर्दा सर्भर समस्या हटिरहेको छैन ।

घण्टौं कुरेर अनलाइनबाट मतदातामा नाम दर्ता गर्न चाहने सेवाग्राहीहरू अत्यन्त जरुरी कामबाट विमुख हुनुपरेको छ । अहिले राजधानीको धेरै साइबर स्टेशनहरूमा सेवाग्राहीहरूको भीड लागेको छ । सम्बन्धित निकायका कार्यालयमा नाम दर्ता गर्न उत्साहित भएर लाइन बस्नेहरूको संख्या त्यत्तिकै छ ।

अन्तरिम सरकारले तोकेको मिति फागुन २१ गते हुन गइरहेको निर्वाचनमा धेरै नेपाली नागरिकहरू नयाँ सरकार बनाउन सहयोग पुग्ने उद्देश्यका साथ उत्साहित हुँदै मतदाता परिचय पाउने अभिलाषाका साथ सम्बन्धित ठाउँमा पुगेर लाम बस्न खोजे तापनि प्राविधिक समस्याका कारण निराश भएको पाइएको छ ।

आयोगले सहजताको बारेमा विभिन्न सञ्चार तथा सामाजिक सञ्जालबाट निरन्तर सूचना र जानकारी गराए पनि सर्भर समस्याका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् । थोरै समयमा यो कार्य सम्पन्न गरिनुपर्ने भएकोले सरकारले यसतर्फ विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
24
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button