शैलुङ घुम्न गएका पर्यटक गाडी दुर्घटनामा एक महिलाकाे मृत्यु, ४ जना गम्भीर घाइते

दोलखा कार्तिक २८ – दाेलखाकाे पर्यटकीय स्थल शैलुङ घुम्न काठमाण्डौंको मच्छे गाउँवाट १४ जना पर्यटक लिएर शैलुङ भ्रमणकालागि गएको इभि गाडि दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
शैलुङ भ्रमणमा जानका लागि पर्यटक लिएर गएकाेबागमती प्रदेश ००२ ज ६२०८ नम्बरको इभि गाडी दोलखाको शैलुङ गाउँपालिका–८ को बुद्ध पार्क नजिकै दुर्घटना भएको हाे । शैलुङ पुगेर फर्किने क्रममा कच्चि सडकमा इभि गाडि ब्रेक फेल भई ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए अनुसार घाइते मध्ये एक महिलाको मृत्यु भएकाे र दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई घटनास्थलवाट उद्धार गरी शैलुङ गाउँपालिकाको एम्बुलेन्स मार्फत सिन्धु सदाबहार अस्पताल खाडिचौर पठाइएको
दुर्घटनामा परेको गाडिमा १२ जना सवार रहेकोमा सबै घाइते भएका छन् भने ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । बाँकी यात्रुहरुलाई सामान्य चोट लागेको स्थानीयले बताएका छन् ।