Headlineअपराध घटनाबिशेष

‘जेनजी’ आन्दोलनका क्रममा उपद्रव गर्ने २ जना कास्कीमा पक्राउ

गण्डकी । ‘जेनजी’ आन्दोलन हुँदा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर, पसलमासमेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिको पहिचान गरी कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अनुसन्धानका क्रममा मानिसलाई माइकिङ गर्दै उक्साहट गर्ने र विभिन्न व्यक्तिहरुको घर तोडफोड गर्न आग्रह गर्दै हिँड्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउपर्नेमा कास्कीको मादी गाउँपालिका–५ भैँसे बस्ने २५ वर्षीय रोशन सापकोटा र पोखरा महानगरपालिका–१७ घारीकुलो बस्ने ३८ वर्षीय विमला सापकोटा रहेका छन् ।

कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा चार दिन म्याद थप गरी निजहरूलाई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button