Headlineपूँजी बजारसमाचार

नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगे

आज ३ अर्ब ८४ करोड बराबरको सेयर कारोबार

काठमाडौं : मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेको साताको चौथो सेयर कारोबार बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगेको नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम तुलनात्मक वृद्धि हुँदै मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोड बराबरको सेयर कारोबार भयो।

यसदिन ३२१ स्क्रिप्सको ८४ लाख  ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ करोड ४५ लाख ८६ हजार ४११ रुपैयाँमा खरिदबिक्री भएको हो। नेप्से घटे पनि  दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

भूगोल इनर्जी डेभलपमेन्ट र सागर डिष्टिलरीको सेयर १० प्रतिशतले बढ्यो। बुंगल हाइड्रो र बन्दिपुर केवलकारको सेयर ९.९८ प्रतिशतले बढ्दा अपर सोलु हाइड्रो इलेक्ट्रिकको ५.३१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर शीर्ष स्थानमा रहेर कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो। राधी विद्युतले २२ करोडको सेयर कारोबार गर्दा  साहस उर्जाको १४ करोड, युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ४९ वटा स्टक्सको मूल्य बढ्दा १९८ वटाको घट्यो। ७ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो। आज  मनु एण्ड प्रो समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button