घटना दुर्घटनासमाचार

सुनसरी र धादिङमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २५ कात्तिक – सुनसरी र धादिङ जिल्लाकाे दुई स्थानमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएकाे छ ।

सुनसरी जिल्लाकाे भोक्राहा नरसिंह गाउँपालिका-७ स्थित सडकमा प्रदेश.१-०२-००१ ख ९२०७ नम्बरको ट्रकले प्रदेश.१ -०२-०४१ प ४४३० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीया रसिदा खातुनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धादिङ जिल्लाकाे थाक्रे गाउँपालिका-३ अमर्खुस्थित सडकमा अमर्खुबाट महादेववेशीतर्फ जाँदै गरेको लु.६ प ९०३४ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ लामागाउँ बस्ने ५५ वर्षीया इन्दिरा अर्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको साईबाबा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button