Headlineबिशेषविचारसमाज

जेन जी आन्दोलनमा विविध जेन जीकाे व्याख्या गर्दै कलाकार ज्याेति मगरले लेखिन् ‘स्टाटस‘

काठमाडाैं – स्वतन्त्र रूपमा अर्धनग्न भइ नाच्न र गाउन खप्पिस, अभिव्यक्ति स्वतन्त्रताका प्रिय पात्र ज्याेति मगरले नेपालमा जेन जी आन्दोलन हुनुको कारणहरूबारे सविस्तार चर्चा गरेकी छिन् ।

आफ्नो स्टाटसमा उनले टिकटकका जेन जीदेखि राजावादीका जेन जीसम्मलाई के–कस्तो आशा र लोभ थियो भन्नेबारे चर्चा गरेकी छिन्, जुन स्टाटसमा उनले मुख्य राजनीतिक पार्टीहरूको नाम उल्लेख गरे पनि एमालेलाई भने छुटाएकी छिन् । त्यसैले उक्त स्टाटसलाई धेरै एमाले समर्थकले समर्थन गरेका छन् ।

उनी एमालेप्रति माेह राख्ने भएर हो वा तत्कालीन समयमा एमाले सत्तामा रहेका कारण उसका जेन जी आन्दोलनमा सहभागी भएनन् भन्ने कोणबाट हो स्पष्ट गरेकी छैनन् । तर, एमालेका कार्यकर्ताहरू पनि आगजनीमा संलग्न भएका प्रमाण आइरहेका बेला एमाले समर्थकहरू पनि आन्दोलनमा सरिक थिए भन्ने विविध खबर बाहिर पुगेकाेलाई भने कुनै स.केत उल्लेख नगरिएकाेमा उक्त स्टाटसमा प्रतिक्रियाहरू आएका देखिन्छन् ।

साथै गायिका मगरले विभिन्न प्रकारका जेन जीहरूका आ–आफ्नै स्वार्थ भए पनि शान्तिपूर्ण आन्दोलनबाट सरकारलाई खबरदारी गर्न पुगेका निर्दोष जेन जीहरूले ज्यान गुमाउनु दुर्भाग्य भएको उनको टिप्पणी रहेकाे देखिन्छ । हेराैं उनकाे स्टाटस-

तस्बिर साभारः सिन्धुली साैगात अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button