अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं, ७ कात्तिक- कानुनन नियन्त्रित अवैध लागूऔषध सहित राज्यकाे विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त समाचार अनुसार मोरङ र, बर्दिया जिल्लाबाट १/१ जना र सर्लाही जिल्लाबाट २ जना विविध अवैध लागूऔषधसहित पक्राउ परेकाे जनाइएकाे छ ।
जानकारी अनुसार माेरङ जिल्लाकाे गाैरदह-६ का ४३ वर्षीय माेहनसिंह बरही, बर्दिया जिल्लाकाे बढैयाताल गाउँपालिका-२ फुटाहका २४ वर्षीय आसबिक थारू र सर्लाही जिल्लाका मलंगवा नगरपालिका-३ बस्ने ३५ वर्षीय मो. अजमल मिकरानी र ६० वर्षीय मो. एजाजुल हक मिकरानी रहेका छन् ।
पक्राउ परेकाहरूबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ क्रमशः १७ ग्राम ८ सय ९० मिलिग्राम, ८ सय ८० मिलिग्राम र ८ ग्राम ३ सय ५० मिलिग्राम बरामद गरी सम्बन्धित इलाका प्रहरीबाट खटिएका प्रहरीले पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएकाे छ ।