Headlineअपराध घटनासमाचार

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलले संसार छाडिन्

काठमाडौं । गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान ८ः३० बजे उनको मृत्यु भएको जनाइएकाे छ।

आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो ।

अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका भट्टराईकाविरुद्ध भने कुनै जाहेरी नआएको कुरा परिसरका एसपी भट्टराईकाे भनाइ उद्धृत गर्दै अस्पतालसँग सम्बन्धित एक कर्मचारीले बताएका छन् ।

गायिका नितु पौडेलले काठमाडौं अनामनगरस्थित ‘यम तिलक रेकर्डिङ स्टुडियो’भित्र आफूलाई आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन् । सो स्टुडियो ‘बाबुल गिरी’ उर्फ गायक तथा संगीतकार धनबहादुर गिरीले सञ्चालन गर्दै आएका थिए ।

बाबुल गिरी र नितु पौडेल केही समयदेखि निकट सम्बन्धमा रहेको बताइएको छ । आगलागीपछि गायिका पौडेल जलेर गम्भीर घाइते भएकी थिइन्सं भने गीतकार बाबुल पनि घाइते भएका थिए ।

गम्भीर अवस्थामा रहेकी गायिका पौडेलको अनुहार जलेको प्रत्यक्षदर्शी स्थानीयले जनाए अनुसार शनिबार दिउँसो नितु र बाबुलबीच भनाभन भएको थियो । त्यसपछि नितुले पेट्रोल छर्केर आफूमाथि आगो लगाएको र आगलागीबाट बाबुल गिरीको यम तिलक स्टुडियोमा पनि क्षति पुगेको स्टुडियो भवनका छिमेकीले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button