Headlineबिशेषविचारसमाज

हमासकाे कब्जामै निधन भएकाे विपिनप्रति श्रद्धासुमन !

देशलाई ‘रेमिट्यान्स‘ बुझाएर अभिभावकलाई ‘काेसेली‘ लिएर आउने सपना बाेकेका विपिन काठकाे बाकसमा फर्कँदै

हरेकले एक जिन्दगीकाे सुन्दर सपना बाेकेर आफ्नाे मूल लक्षमा पुग्नका लागि देशकाे माटाे छाडेर विदेशिने धेरै नेपाली युवाहरू वर्षेनी निर्जीव शरीर बनेर स्वदेश फर्केकाे दृश्य परिदृश्य हेर्नैपर्ने बाध्यता हामीमा निरन्तर रहँदै आएकाे छ । विदेशी भूमिमा गर्नुपर्ने कठाेर परिश्रम, चर्काे घाम, खानाकाे बेठेगान, विदेशी मालिककाे हेपाइ र खेपाइ, दलालकाे चंगुल, अनिद्रा आदि ईत्यादि प्रताड्ना झेलेर नेपालकाे सरकारलाई ‘रेमिट्यान्स‘ बुझाएर खाइनखाइ जम्मा गरेकाे रकमकाे भर्पाई बाेकेर स्वदेश फर्कनेहरूकाे संख्या अध्यधिक भएपनि प्रायःजसाे वर्षमा केही न केही, काेही न काेही, कुनै न कुनै घटना दुर्घटनामा परेर काेहस् ज्यूँदाे लाश बनेर त काेही मृत शरीर भएर फर्कने नेपालीहरूकाे संख्यामा कमी भएकाे छैन ।

यही सन्दर्भकाे एउटा अकल्पनीय नाटकीय परिदृश्य फेरि पनि नेपालीहरूले हेर्नु परेकाे छ र त्याे हृदयविदारक दृश्य देखेर अभिभावक र परिवारले विलाैना गरेकाे मर्माहट् क्षणलाई ग्रहण गरेर विमानस्थलमा स्वागतार्थ फूलकाे माला नभई ‘मलामी‘काे उपमा बाेकेर जानुपर्ने याे घडीमा कस्काे चाहिँ मन नराेला !

नेपालकाे सुदुरपश्चिमकाे कञ्चनपुर जिल्लाका विपिन जाेशी विद्राेही समूह हमासकाे अपहरणमा परेकाे खबरले नेपाली जनमानसमा सन्त्रास, भय र अनेकन् शंका-उपशंकाकाे कालाे बादल मडारिरहेकाे भए पनि उनका अभिभावक, परिवार र छिमेकीहरूले ज्यूँदै भेटिने आशा बाेक्दै इजरायलसम्म पुग्दा जे जति विश्वास थियाे तर इजरायली सेनाले उनी जीवित नरहेकाे र मृत शरीर जिम्मा लिइने प्रक्रिया भइरहेकाे खबरले निराश बनेर नेपाल फर्किनु पर्दाकाे पीडाकाे बयान नै कसरी गर्न सकिन्छ र खै !?

विद्रोही समूह हमासको अपहरणमा परेर निधन भएका विपिन जोशीको शव नेपाल ल्याउनु पूर्व इजरायलमा नै त्यहाँ रहेका नेपाली तन मनहरू सरिक हुँदै श्रद्धाञ्जली सभा गरिएको तस्बिर र दृश्य चित्रले उनका परिवार लगायत सबैमा विक्षिप्तता छाएकाे छ । उनकाे शवमा श्रद्धाञ्जलि दिन इजरायलको राजधानी तेल अभिवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमानस्थलमा नेपालीहरू भावुक हुँदै भेला भएकाे तस्बिर भिडियाे सामाजिक सञ्जालमा देखिंदा उनका अभिभावक र परिवारमा कस्ताे अवस्था भयाे हाेला त ?

विपिन एक नेपाली कृषि विद्यार्थी हुन्, जसलाई ७ अक्टोबर २०२३ मा इजरायलको किब्बुज आलुमिममा हमासद्वारा भएको हमलाको क्रममा अपहरण गरिएको थियो। उनी इजरायल सरकारद्वारा पुष्टि गरिएका बन्धकमध्ये एक हुन् र हमासको नियन्त्रणमा गाजामा रहेका थिए । उनीसँगै अन्य देशका विद्यार्थीहरू पनि कब्जामा थिए । कब्जामा रहँदै गर्दा उनीसहित अन्य केहीकाे पनि मृत्यु भएकाे खबर बाहिर पुगेकाे भएपनि केहीलाई रिहाइ पनि गरिंदै गरेकाे खबरले विपिन पनि जीवित नै रहेकाे हुनसक्ने आशा पलाएकाे थियाे ।

इजरायली विदेश मन्त्रालयको घोषणाअनुरूप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको बुझियाे । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको पनि देखियाे । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी देखिए । जाे जाे त्याे सभामा उपस्थित थिए सबैकाे अनुहारमा अव्यक्त पीडाका चित्रण भएकाे स्पष्ट झल्किएका थिए ।

नेपाली भूमिमा उचित शिक्षाकाे अभाव, राेजगारीकाे खाँचाे देखेर पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका जोशी इजरायल र हमासकाे युद्धका कारण हमासी विद्राेहीहरूले अपहरण गरेर बेखबर भएकाे जाेहीकाे हालै मृत्यु पुष्टि भएपछिकाे घटनाले समग्र नेपालीजनमा पीडा दिएको छ । जोशीको शव कार्तिक ३ गते फ्लाई दुबईको विमानमार्फत सोमबार नेपाल ल्याउने तयारी अवस्थामा रहेकाे खबर परराष्ट्र मन्त्रालय स्रोतले दिइसकेकाे छ । अब हामीले पनि उनकाे पार्थिव शरीर हेरेर श्रद्धाञ्जलि सिवाय दिन नै के सक्छाैँ र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button