
काठमाडाैं – भीमेश्वर नगरपालिका वडा नं. २ दुङ्गल र पिङ्गल टोलका युवाहरूको समूह मिलेर खोलिएको सामाजिक संस्था वनारसी सहयोगीहरूको १२ औैेँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।
दोलखाको संस्कृति, परम्परा, जात्रालाई निरन्तर सुचारु राख्न र उपत्यकामा रहेका दोलखालीहरू बीचमा समन्वयात्मक सम्बन्ध राखेर स्वास्थ्य, नोकरी र भवितव्यमा परेकाहरूलाई सेवा दिने उद्देश्यले स्थापना भएको यो संस्थामा विशेषतः युवाहरू मात्र समेटिएका छन् ।

संस्थाको १२ औैेँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट जागरुक युवा दिलिप श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन सहित सम्पन्न उक्त र्कायक्रम काठमाडौंमा सम्पन्न भएको हो । जसमा निम्न पदाधिकारीहरू चयन भएका छन्–
अध्यक्ष- दिलिप श्रेष्ठ, उपाध्यक्ष- बाबाराजा श्रेष्ठ, सचिव- रेणुका श्रेष्ठ, सह सचिव-रामचन्द्र श्रेष्ठ, कोषाध्यक्ष- विनु श्रेष्ठ, सदस्यहरूमा सीताराम श्रेष्ठ, सानुकान्छा श्रेष्ठ, कृष्ण नारायण श्रेष्ठ र रन्जिता श्रेष्ठ रहेका छन् ।
वनारसी सहयाेगी हातहरूका संस्थापक अध्यक्ष लेखनाथ श्रेष्ठदेखि दिलिप श्रेष्ठसम्मकाे नयाँ कार्यसमिति आइपुग्दा ६ जना अध्यक्ष परिवर्तन भएका छन् । जुन कुनै पनि राजनीतिक दल, सामाजिक संस्थामा टस का मस नभइकन टाँसिरहने व्यक्तिहरूका लागि जागरण र प्रेरणाकाे स्राेत मान्न जरुरी छ ।