Headlineबिशेषविचारसमाज

भीम पुस्तकालयलाई जिल्लाभरिकै संस्कृति र इतिहास अध्ययन केन्द्र बनाउने कदममा संयोजक रत्न श्रेष्ठ

दाेलखा असाेज २६ (काठमाडाैं) – दाेलखाका इतिहासमा सबैभन्दा पहिले स्थापना भएकाे भीम पुस्तकालयले पुनर्जीवन प्राप्तिपछि स्तराेत्तर उन्नति हुँदै गएकाे छ ।

भीम पुस्तकालयकाे स्थापनाकालदेखि नै विद्यालयस्तरकाे पाठ्यपुस्तक, पत्रपत्रिका, साहित्य, इतिहास जस्ता महत्वपूर्ण विषयकाे अध्ययनमा याेगदान दिंदै निकै लामाे समयसम्म सेवा पुर्याइरहेकाे छ ।

अब दाेलखा जिल्ला भरिकै विभिन्न जातीय समुदायका संस्कृति, संस्कार, परम्परा लगायतका विषयवस्तुकाे अध्ययन गर्ने थलाेकाे रूपमा साे पुस्तकालय परिभाषित गराउने लक्ष रहेकाे संयाेजक रत्न श्रेष्ठले बताएका छन् ।

बागमती प्रदेश दाेलखा जिल्लाकाे भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दाेलखा नगरमा रहेकाे भीम पुस्तकालयका संयोजक रत्न श्रेष्ठसंग तीनधारा मिडियाको प्रत्यक्ष भेटघाटको अवसरमा भएको संवादमा सो जानकारी प्राप्त भएको हो ।

काठमाडौंको कोटेश्वरमा भेटघाटको सन्दर्भ भीम पुस्तकालयले कदम चाल्दै आएको आजीवन सदस्यको संख्या वृद्धि गराएर आर्थिक एवम् सामाजिक सद्भावमा टेवा पुर्याउने र पुस्तकालयलाई स्तरोत्तर उन्नतिशील बनाउँदै पुस्तौंपुस्तासम्म निरन्तर सुधारोन्मुखतिर लैजाने थियो ।

यसै सन्दर्भमा भीमेश्वर नगरपालिका–२, डोक्थली र गोलेटोल तिखातलको स्थायी बासिन्दा तथा हाल ललितपुर जिल्लामा बसोवास गरिरहेका रन्जु थामी र उनको श्रीमान् अधिवक्ता टहलबहादुर थामी (विगु–६, आलम्पु दोलखा) को अन्तर्भावनादेखि नै सो पुस्तकालयको आजीवन सदस्य बनी सामुदायिक सेवाभावमा अग्रसर हुने आकांक्षालाई आत्मसात्का साथ सदस्यता प्रदान गरिएको छ।

रन्जु थामी काठमान्डौं विश्वविद्यालयबाट अंग्रेजी विषयमा M.phill सम्मको अध्ययन पूरा गर्ने अति सीमान्तकृत लेखामा रहेकाे थामी समुदायकी एक महिला हुन् । उनी थामी समुदायमा नेपालबाट M.phill पास गर्नेे पहिलो नेपाली महिला पनि हुन् । जुन दोलखाली धरातलको लागि त्यो समुदाय र शिक्षाको क्षेत्रमा गर्वको विषय बनेको छ ।

त्यसैगरी, अधिवक्ता टहलबहादुर थामी त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रसहित थामी समुदायको इतिहास देखि वर्तमानसम्मका नालीबेलीको इतिवृत्तान्त सम्बन्धी थेसिस तैयार गर्दै विद्यावारिधि (Phd)का लागि अध्ययन गरिरहेको बताइएकाे छ । जानकारी अनुसार उनी पनि थामी समुदायबाट यो तहमा नेपालमा अध्ययन गर्ने पहिलो नेपाली भएको प्रत्यक्ष भेटघाटबाट जानकारी मिलेको छ ।

विगत केही दिन अगाडि उनीहरू भीम पुस्तकालयमा भौतिकरूपमा उपस्थित भएर दोलखाको ऐतिहासिक पुस्तकालयले पुनर्जीवन पाएकोमा खुशी व्यक्त गर्दै आजीवन सदस्य बन्ने प्रणका साथ आफूले सकेको सहयोग दिलाउने मनोभावका साथ काठमाडौंमा भेटघाटको समय मिलाइएको हो ।

भीम पुस्तकलयको प्रारम्भिक इतिहासबारे यसभन्दा पहिले नै सविस्तार वर्णन गरिसकिएको हुनाले यहाँ व्यक्त गरिरहनु त्यत्ति स्वभाविक नहोला । तथापि करिब १६ वर्षसम्म विलीन भइसकेको सो पुस्तकालय त्यसमाथि २०७२ सालको प्रलयकारी भूकम्पले धराशायी बनाएर झण्डै नामोनिशान नै हराइसकेको अवस्था थियाे ।

यही पुस्तकालय ताजगी बनाउँदै समाजसेवी एवं नेपालकै वरिष्ठ जलविज्ञ इञ्जिनियर आत्माकृष्ण श्रेष्ठले आफ्नी पत्नी रूपा श्रेष्ठको स्मृतिमा स्थापित रूपा फाउण्डेशनको आर्थिक सहयोगमा पुस्तकालय भवन पुनर्निर्माण गरिएपछि संयोजकको भुमिकामा उभिएका रत्न श्रेष्ठको कठोर त्याग र लगनशील कदमले पुस्तकालयको स्तरोत्तर उन्नति भइरहेको छ । यसलाई अब दोलखा जिल्लाभरकै इतिहास, परम्परा र गतिविधिको अध्ययन गर्ने थलोको रूपमा स्थापित गर्ने लक्ष सहित अग्रसर भइरहेको जानकारी प्राप्त भएको छ ।

संयोजक श्रेष्ठका अनुसार अहिले सो पुस्तकालयलाई आवश्यक पर्ने, पुस्तक, प्राविधिक सामग्री सहित आजीवन सदस्यता ग्रहण गरी आर्थिक सहायता दिन देशविदेशबाट प्राप्त भइरहेकोमा प्रसन्नता व्यक्त गरेका छन् । सहयोगी मनका धनीहरूप्रति हार्दिक धन्यवाद दिंदै आफूले खुल्ला दिलले पारदर्शीढंगबाट पुस्तकालयलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने उनको दृढ अठोट रहेको छ । साथै हालसम्म आजीवन सदस्य संख्या ७२ जना पुगेकाे पनि उनले बताएका छन् ।

संक्षिप्तमाः टहल थामी अधिवक्ता हुन् । विगत अढाई दशकदेखि विभिन्न संघसंस्थामा आबद्ध भई आदिपवासी अधिकारका सवालमा वकालत गर्ने उनी हाल नेपालका आदिवासीहरूको आनवअधिका। सम्बन्धी वनिल समूह (लाहुर्निप) का निर्देशक पनि रहेका छन् । त्रिविबाट राजनीतिशास्त्रमा एमएर नेशनल ल कलेजबाट कलेजबाट कानुनमा एलएलएम गरेका टहल थामी त्रिवि अन्तर्गतकै राजनीतिशास्त्र विषयमा विद्यावारिधिको शाेधार्थी रहेका छन् ।

आदिवासीका प्रथनजनित स्पशासन प्रणाली, परम्परागत संस्था र कानून, राजनीतिक सहभागिता र समावेशीकरण र आदिवासी अधिकारका सवाल उनका अध्ययन–अनुसन्धानका मूल विषय हुन् । यिनै विषयसंग सम्बन्धित रहेर उनले थाङ्मी, नेपाली र अंग्रेजी भाषामा लेखहरू प्रकाशित गरेका छन् ।

भेटघाटका अवसरमा उनले दोलखाको नेवार समुदाय र थामी समुदाय बीचमा पौराणिक कालदेखि नै साँस्कृतिक र धार्मिक सम्बन्ध रहेकोमा कालान्तरमा दोलखामा हुँदै आएको ‘हिपाथामी’ जात्रा लोप भएको जानकारी पाउँदा अत्यन्तै दुःख लागेको र यसको मूल कारण पत्ता लगाएर समन्वय गरी पुनः ती सम्बन्धलाई निरन्तरता दिन आवश्यक कदम चाल्न जरुरी रहेको र सो कार्यका लागि विचार गोष्ठी राख्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
9
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button