Headlineअपराध घटनासमाचार

संरक्षित वन्यजन्तु सालकको खपटा र छालासहित दुईजना पक्राउ

काठमाडौं, २३ असोज- काठमाडाैं जिल्लाकाे तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट २ किलोग्राम तौलको संरक्षित
वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छाला सहितको खपटा जस्तो देखिने आखेटोपहार २ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-३ बस्ने २१ वर्षीय लिजोङ्ग तामाङ सहित बेलकोटगढी नगरपालिका-१ बस्ने ३९ वर्षीय श्याम ढुंगाना रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको जानकारी केन्द्रिय प्रहरी समाचार कक्षले बताएकाे छ ।

प्रतीकात्मक तस्बिर साभारः गुगल माध्यम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button