
आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा। आज सोमबार पोखराको ताल बाराही मन्दिरमा बिहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ।
दशैंको अन्तिम दिन सोमबार तालबाराही मन्दिर सहित अन्य शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ। पूर्णिमाको दिन मन्दिर दर्शन गरेर भक्तजनहरु राती जाग्राम बसेर आराधन गर्ने प्रचलन रहँदै आएको छ। ्र

तालबाराही मन्दिरः पाेखराकाे फेवातालकाे पूर्वीदक्षिणी भागमा तालमैस्थित प्रसिद्ध मन्दिर हो । फेवातालको उदयाचल भागकाे बीचमा रहेको यो मन्दिरमा हरहमेशा पर्यटक र भक्तजन दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्मालम्वीहरूले विशेष मान्य देवीकाे मन्दिर भए तापनि याे स्थल पर्यटकीय क्षेत्रकाे मनाेरम दृश्यावलाेकन गरिने परिवेश भएकाेले जुनसुकै समुदाय र धर्मालम्वीहरू स्वतन्त्ररूपमा यहाँ प्रवेश पाउँदछन् ।
तालबाराही मन्दिरको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटनमा निकै टेवा पुर्याएको छ । पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित यो मन्दिर कास्कीका घुम्नै पर्ने ठाउँहरूको सूचीमा अग्र पंक्तिमा आउँछ जसका कारण मन्दिरमा पर्यटकहरूको घुइँचो लागिरहन्छ । पाेखरामा रहेका विन्द्यवासिनी, महेन्द्र गुफा, सेती नदी, साराङकाेट जस्ताे पर्यटकीय ठाउँमा याे ताल बीचकाे नदीले पाेखराकाे गर्व बढाएकाे छ ।

यस मन्दिरकाे ठीक उत्तरी दिशामा रहेके माछापुछ्रे हिमालकाे छायाँ फेवातालमा परेको दृश्य मनोरम देखिन्छ । लगभग बाह्रै महिनाजस्ताे पर्यटकले भरिएकाे यस ठाउँमा विशेषतः काेजाग्रत पूर्णिमाकाे दिन (आज असाेज २० गते २०८२ अर्थात् नेपाल सम्वत् ११४५ काैलाथ्वः पुन्हि) लगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ । भनिन्छ शताब्दी भन्दा पहिले याे मन्दिर भएकाे ठाउँमा एउटा ठूलै जङ्गलले भरिएकाे पहाड रहेकाे थियाे जहाँ तालकाे पानीले नढाकिएको अवस्थामा रहेका याे मन्दिरमा अचानक एक रात हिमपहिराे झरेर पश्चिमी भागदेखि नै पानी भरिएर एउटा ढिस्काे देखिने गरी रहेकाे टुप्पाे नै साे बाराही मन्दिर बनेकाे कथन छ ।
तालबाराहीको कथाः
नेपालकाे इतिहासमा उल्लेख भइ अनुसार कास्कीका राजाले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व वि.सं. १६६९ देखि कायम रहिआएको छ । कतै कतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीं मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको भनिएकाे छ ।
पुरानाे कथन अनुसार एकपटक एक देवीले मर्त्यलाेककाे भ्रमण गर्ने सिलसिलामा स्त्रीरूपमै पूरै शहर बस्ती घुम्दाघुम्दै साँझ परेपछि बास माग्दा कठिन परिस्थितिकाे अवस्था सिर्जना नहाेस् भनी स्त्रीरूप त्यागेर सन्यासीको भेष धारण गरी गाउँ ठाउँ घुम्दाघुम्दै बास माग्दा कसैले बास दिएनछन् । बस्तीबाट निकै पर रहेकाे एउटा ढिस्काे जस्ताे पहाडकाे बीचमा आगाे बलिरहेकाे देखेर त्यहीं पुगेर हेर्दा एउटी बुढी महिला मात्रै रहेकी देखेर बास माग्दा उनले निसंकाेच बास दिएछन् ।

भाेलिपल्ट पूर्व उज्यालाे नहुँदै सन्यासीरूपी देवीले आफू जान लागेकाे जानकारी दिंदै ती बूढी आमालाई अब यहाँ तारैतरिबाट पानी भरिएर जलमग्न हुन्छ, जुन बाह्रै महिना सुक्ने छैन सदैव ठूलाे तालमय पाेखरी हुनेछ त्यसैले बुढी अवस्थाकाे मान्छे अवस्था नराम्राे पनि हुनसक्छल अन्तै गएर बस्नु भन्दै केही परकाे डिलमा पुग्दा उनी अलप भइछ । भोलिपल्टै ठूलो बाढी आएर जलमग्न भइ बीच भागको ढिस्को मात्रै बचेछ । जुन ठाउँमा ती सन्यासीरूपी देवी अलप भएकी थिइन् । त्यही नै याे ताल बाराही भएकाे हाे भन्ने जनश्रुति
वि.सं. २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेकाे तथ्य इतिहासमा उल्लेख गरेकाे छ ।
https://shorturl.fm/uDngS