Headlineबिशेषसमाचारस्वास्थ

आइतबार ९ जनाकाे मृत्युसंगै बङ्गलादेशमा डेङ्गुबाट मर्नेकाे संख्या २१२ पुगे

काठमाडाैं – बङ्गलादेशकाे राजधानी ढाकाबाट प्राप्त जानकारी अनुसार अक्टाेबर ५, २०२५ आइतबार त्यहाँकाे अस्पतालमा डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएसंगै यो बर्ष कुल डेङ्गु सङ्क्रमितको मृतकको सङ्ख्या २१२ पुगेको विश्व स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी दिएको छ।

बङ्गलादेशभर आइतबार यस वर्ष एकै दिनमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित उपचारका लागि भर्ना भएकाे तथ्याङ्क सार्वजनिक गरिएकाे छ । स्थानीय समयअनुसार आइतबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका डेङ्गु सङ्क्रमित बिरामीहरूको सङ्ख्या एक हजार ४२ रेकर्ड गरिएको छ । यससँगै यो वर्ष लामखुट्टेबाट सर्ने डेङ्गु रोगको कुल सङ्क्रमितहरूको सङ्ख्या ४९ हजार ९०७ पुगेको छ।

डेङ्गुको थप फैलावटलाई रोक्नका लागि बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन दर रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन्। बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो । यो पछिल्ला केही बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु सङ्ख्या हो।

सामान्यतया बङ्गलादेशमा मनसुनको मौसममा देखिने डेङ्गु ज्वरो अहिले जुन–सेप्टेम्बर अवधिभन्दा बढी फैलिरहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button