
दोलखा, असोज १७, २०८२ (नेपाल सम्वत् ११४५ कौलाथ्वः एकादशी शुक्रबार)–
बागमती प्रदेश दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नंं २ स्थित धार्मिक तथा साँस्कृतिक नगर दोलखाको पौराणिक परम्परामा आधारित ऐतिहासिक खड्ग जात्रा परम्परागत विधिपूर्वक सम्पन्न भएको छ ।
हरेक वर्षको वडा दशैंको एकादशी तिथिमा सञ्चालन हुने यस जात्राको मुख्य रहस्य देवी भगवती, त्रिपुरासुन्दरी देवी, बालकुमारी, भीमबली, महिषासुर, किचक सन्दर्भमा आधिारित सु्र असुर बीचको युद्धको प्रसङ्गसंग सम्बद्ध रहेको पाइन्छ । जसमा हरेक टोल र हरेक कुलदेवीमा स्थापित देवीहरूको सहभागितामा युद्धको रणनीतिको कौशलतापूर्वक अभिनयले संयोजन गरिएको यस जात्रा दोलखाको लागि मौलिक विशेषता भएको जात्रा हो ।

यस जात्रामा दोलखा नगर भित्रको देव देवी खलक, सबै कुल कुल्यान देवीसंग सम्बद्ध खलक, राजा खलक, मन्त्री खलक, चेलीबेटी खलकहरू सहभागी भएर देवासुर संग्राम (लडाइँ)को अभिनय गरेर असुरहरूलाई परास्त गरेको सन्दर्भमा जात्रा निकालिन्छ । जसमा त्यहाँका ‘थात बिहार्छेँ टोल, कोत बिहार्छेँ टोल, कोर्छेँ टाल, गुर्कोट टोल, नक्छेँ टोल आदि टोलका पात्रहरू समावेश भएको हुन्छ ।
दोलखाको सांस्कृतिक अभिभावकको रूपमा चिरपरिचित रहेका संस्कृतिप्रेमी यज्ञकुमार प्रधानद्वारा लिखित ‘दोलखाको सांस्कृतिक सम्पदा’ नामक पुस्तकको दोस्रो संस्करणको पृष्ठ १७६–१८५) मा उल्लेख भए अनुसार दोलखामा खड्ग जात्रा ने.सं. ८४७ अर्थात् वि.सं. १७८४ बाट राजा जगतजय मल्ल्को पालादेखि प्रारम्भ भएको मानिएको छ । तथापि दोलखा किरातकालीन वंशदेखि नै स्थापित भएको नेपालको संक्षिप्त इतिहासले जनाएको र त्यतिबेलादेखि नै दोलखामा किरातहरूले राज्य गरेको र पछि अन्य वंशको उदय भएको भन्ने देखिए अनुसार यो खड्ग जात्राको स्वरूप मल्लकालीन सभ्यातको शुरुआत भन्दा पहिले नै भइसकेको हुनुपर्ने आधार दोलखाको सबैभन्दा पहिले स्थापित वंश किरातका सन्तान ‘थामी’ समुदाय र ‘नेवार’ समुदाय बीचको पौराणिक र सांस्कृतिक सम्बन्धबाट अनुमान लगाउन सकिन्छ ।

दोलखाको खड्ग जात्रासँग थामी समुदायको साँस्कृतिक सम्बन्ध विगत दशकसम्म यथावत् रहेको थियो । जुन विजया दशमीको दिनमा त्रिपुरासुन्दरी मन्दिर, राजकुलेश्वरको तलेजु भवानी, बहिर टोलको चक्र डबली र राइती (राजहिटी) धारासंग थामी समुदायले दशैंताका प्रयोजन गरिएको परम्परले यो जात्राको शुरुआत किरातकालदेखि नै भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । बरु त्यो समयमा त्यो जात्रालाई केही परिमार्जन गरी नयाँ रूप पो दिएका हुन् कि ?
दोलखाको खड्ग जात्रा र थामी समुदाय बीचको सांस्कृतिक सम्बन्ध लेखक प्रधानको भनाइ अनुसार २९९ वर्षमा पाइलो टेक्दैछ भने त्यही स्थलमा रहेको पुरान्छेँमा रहेको एउटा घर बनाएको २०७२ सालको भूकम्प आउनुभन्दा पहिले नै ३०० वर्ष पुगिसकेको बताउने अग्रजहरूको धारणा अनुसार लगभग ३११ वर्ष पुगिसकेको देखिन्छ । जबकि त्यो भन्दा पहिले देखि नै थामी समुदायको संलग्नतामा ‘हिपाथामी’ जात्रा र खड्गजात्रा सञ्चालन भइसकेको हुनुपर्छ । ? यसबारेमा वृहत् अनुसन्धान हुन बाँकी नै रहेको छ ।
https://shorturl.fm/R2FDm