Headlineबिशेषसमाज

सम्पादकीयः दशैं उल्लास रहाेस्, संस्कृति, परम्परा र सामाजिक सद्भाव कायम रहाेस् !

विशेषतः हिन्दु धर्मालम्बीहरू महान चाड दशैं नेपालमा उल्लास पूर्वक मनाइन्छ । यस पर्वमा कुनै जातीय विभेद रहन्न तथापि कतै कतै दशैंमा टीका जमरा लगाउने चलन रहेकाे पाइन्न । उदाहरणतः काठमाडाैं र ललितपुरकाे छेउमै रहेकाे एक नेवार बस्ती खाेकनामा भने दशैं नै भनेर मनाउने चलन छैन । तर जात्राकाे रूपमा सिकाली माइ जात्रा मान्दछन् ।

नेपालभर दशैँको माहोल छाएको छ। नेपालीहरूको महान् चाड विजयादशमी यस वर्ष पनि परम्परागत रीतिअनुसार उल्लासमय वातावरणमा प्रारम्भ भएको छ। दोलखामा परम्परागत विधिअनुसार फुलपाती बढाइँकाे क्रममा इतिहासकाे कालखण्डमा झण्डै चार शताब्दी पछि नेपाली सेनकाे ब्याण्ड टाेली समूहकाे सहभागिता हुँदैछ । जबकि यसभन्दा पहिले स्थानीय माैलिक बाजागाजामा चलिरहेकाे थियाे ।

फूलपाती बढाइँ कार्यक्रम सुरु गरेसँगै विजयादशमी पर्वको औपचारिक सुरुवात भएको दाेलखामा स्वचलनमा परम्पराले निरन्तरता पाएकाे छ । दशैँ केवल धार्मिक आस्था वा सांस्कृतिक परम्परा मात्र होइन, राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित छ।

देवी दुर्गाले असत्य र अधर्ममाथि विजय हासिल गरेको स्मरणमा मनाइने यस पर्वले धर्म, संस्कृतिको जगेर्ना मात्र नभई सामाजिक सद्भाव र पारिवारिक मिलनलाई मजबुत बनाउने अवसर प्रदान गर्दछ। घर–घरमा पूजाआजा, जमरा रोप्ने, टीका लगाउने, र आपसी शुभकामना आदानप्रदान गर्ने परम्पराले नेपाली समाजलाई अझ नजिक ल्याउने काम गर्दछ।

दोलखाको फुलपाती संस्कारले नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको निरन्तरतामा योगदान पुर्‍याएको छ। स्थानीय बासिन्दादेखि देशका विभिन्न स्थानमा रहेका नागरिकसम्म यसलाई उल्लासपूर्वक आत्मसात गर्दै आएका छन्। यसरी फूलपाती आगमनसँगै विजयादशमी पर्व केवल चाडपर्वको रूपमा सीमित नभई, राष्ट्रको साझा पहिचान र मौलिक मूल्यको प्रतीक बन्न पुगेको छ।

आजको राजनीतिक, सामाजिक र आर्थिक चुनौतीपूर्ण परिवेशमा विजयादशमीले दिने सन्देश अझ सान्दर्भिक छ। असत्य, अन्याय र अन्योलमाथि सत्य, न्याय र सहकार्यको विजय हासिल गर्नुपर्ने आवश्यकता हामी सबैले अनुभूत गरेका छौं। यही कारण दशैँले ल्याउने आपसी सद्भाव, मेलमिलाप र आशावादी सोचलाई समाजको हरेक तहमा फैलाउनु अपरिहार्य छ।

यसवर्ष नेपाली राजनीतिक माेड्ले फड्काे मारेकाे अवस्था छ । देशमा अकल्पनीय पीडाले विक्षिप्त अवस्था छ । कलिला बालबालिकामाथिकाे शासकीय दमनले नेपाली जनमानसमा आक्रान्त छाएकाे छ । कतिकाे काेख रित्तिए, कतिकाे काख र कतिकाे अभिभावक नै पूर्ववत् शासकले बलमिच्याइँ गरेर छिन्नभिन्न बनाइदिए याे हालतमा रहनेहरूकाे अवस्थालाई ध्यानमा राखेर सनातन धर्मका अनुयायीहरूले परम्परालाई सामान्य तवरले लिनेछन् भन्नेमा हामी विश्वस्त रहेका छाैँ ।

अन्तमा, यस अवसरमा हाम्रो तर्फबाट यही कामना छ कि फूलपाती, महाअष्टमी, महानवमी, विजयादशमी लगायतका महत्वपूर्ण दिनका पर्वले सम्पूर्ण नेपालीमा एकता, उत्साह र आशाको सञ्चार गरोस्।

दोलखा, गाेरखा, काठमाडाैंकाे हनुमान ढाेकाबाट सुरु भएको फुलपाती संस्कारले जस्तै, देशभर एकता र उल्लासको नयाँ लहर फैलियोस्। विजयादशमीले सबै नेपालीलाई सद्बुद्धि, सबल, समृद्ध र शान्तिमय भविष्यतर्फ अग्रसर गरावस् भन्ने शुभेच्छा सहित हार्दिक शुभकामना व्यक्त गर्दछाैँ

विनोद मास्के
अध्यक्ष तथा तीनधारा मिडिया सञ्चालक परिवार
काठमाडौं, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button