Headlineबिशेषविचारसमाज

Friend on the Cloud काे देशकाे अवस्थाप्रति सकारात्मक कदम

काठमाडौँ । मुलुकमा भएको सामाजिक तथा राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउनका लागि विभिन्न क्षेत्रका बाैद्धिक व्यक्तित्वहरूकाे भेला गराइ छलफल कार्यक्रम गर्ने सकारात्मक कदममा friend on the Cloud नामक सामाजिक संस्था अग्रस्थानमा रहेकाे छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीकाे चीन भ्रमणकाे क्रममा नेपालकाे सीमा लिपुलेक नेपालकै हाे भन्ने धारणा व्यक्त गरेकाे विषयमा अन्तर्राष्ट्रिय समुदायले खासै चासाे नदिएकाे विषयलाई लिएर दमदार कार्यक्रम गरिएकाे थियाे । जतिबेला राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, केशव खनाल लगायतकाे विश्लेषण प्रस्तुत भएका थिए ।

यसैगरी असाेज ६ गते साँझपख काठमाडाैंकाे बत्तीसपुतलीस्थित तपस हाेटलमा जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुकहरूकाे भूमिका अपरिहार्य भन्ने विषयमा पनि दिशेष छलफल गरिए ।

जुन छलफल कार्यक्रममा अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा, डा निकोलस भुसाल र सिने कलाकार कृष्ण मल्ल लगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन अपरिहार्य रहेको बताएका छन् । 

फ्रेन्डस अन क्लाउडले काठमाडौँमा गरेको कार्यक्रममा पश्चिमा शक्तिको प्रभावले छिमेकी मुलुकको सुरक्षामा गम्भीर समस्या उत्पन्न गर्न सक्ने भन्दै उनीहरूले संकटको घडीमा छिमेकी देशबाट सहयोग र संरक्षण प्राप्त भैरहेको स्मरण गर्दै जेनजी आन्दोलनपछिको परिवर्तनलाई देशका सम्पूर्ण नागरिककाे दायित्व रहेकाे बताएका छन् र

Friend on the Cloud का अध्यक्ष शाेिभत उप्रेतीले जेनजी प्रदर्शनकाे क्रममा अकल्पनीय घटना घट्न गएकाेमा दुःख व्यक्त गर्दै अब हुनुपर्ने परिवर्तनका लागि सम्पूर्ण नागरिक सचेत हुनुपर्ने धारणा राख्दै चीनसंग रणनीतिक साझेदारमा जोड दिँदै शिक्षा, पर्यटन, स्वास्थ्य, युवा लगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्न सकिने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button