Uncategorized

सरकार बनेसँगै सेनाले फिर्ता गर्‍योनिवर्तमान मन्त्रीहरूका मोबाइल

काठमाडौं – सेनाको सुरक्षा घेराभित्र रहेका निवर्तमान मन्त्रीहरूले आफ्नो मोबाइल फिर्ता पाएका छन्।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा हिंसात्मक दंगामा १९ युवाको हत्याकाण्डपछि भड्किएको आन्दोलनको कारणले सुरक्षाको लागि २४ गते बुधबार भैँसेपाटीस्थित मन्त्री निवासबाट सेनाको हेलिकप्टरमा ब्यारेकभित्र लगिएका मन्त्रीहरूका फोन सेनाले आफ्नो नियन्त्रणमा राखेको थियो।

त्यसपछि उनीहरू सम्पर्कविहीन थिए। ‘हामी सेनाको सुरक्षा घेरा भन्ने कि नियन्त्रणमा भन्ने नजिकै थियौँ तर फोन सेनासँग थियो,’ शुक्रबार राति एक मन्त्रीले भने, ‘अब त अर्को सरकार आइसक्यो क्यारे हैन? हामी सबैलाई सेनाले फोन फिर्ता दियो।’

उनका अनुसार बुधबार भैँसेपाटी निवासमा रहेका मन्त्रीहरूलाई सेनाले एकै ठाउँमा राखेको थियो। त्यसै दिन राजीनामा दिएका मन्त्रीहरू पनि सेनाकै सुरक्षामा थिए। यस्तै सेना निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, निवर्तमान उपप्रधानमन्त्रीहरू, शीर्ष नेतालाई छुट्टाछुट्टै ब्यारेकमा राखेको छ। उनीहरू शनिबारसम्म राति पनि सेनाकै ब्यारेकमा रहेको बताएका छन्।

मंगलबार र बुधबार भएको जेन्जी आन्दोलनले सत्ता पल्टाएपछि पुराना दलका नेतालाई सेनाले उद्धार गर्नुपरेको हो। सुरक्षा अवस्था नियन्त्रण बाहिर गएपछि बुधबार रातिदेखि जिम्मेवारी लिएको सेनाले राष्ट्रपति, जेनजीलगायतसँग समन्वय गरेर शुक्रबार साँझ अन्तरिम सरकारको नेतृत्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पाएकी छन्।

उनको नेतृत्वमा सरकार बनेसँगै संसद्‌समेत विघटन भएको छ। कार्कीलाई प्रधानमन्त्री स्वीकार्न दलहरू तयार भए पनि संसद् विघटनमा भने असन्तुष्ट छन्। कार्कीमाथि ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारी छ। राजधानीसहित देशको सुरक्षा अहिले पनि नेपाली सेनाकै जिम्मामा छ ।

अब यी पुराना प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायतका मन्त्रीहरूले सुरक्षाको लागि कस्तो गतिविधि अपनाउने हुन् भन्ने चासो आम जनमानसमा रहेको छ । आन्दोलनको क्रममा प्रायःजसो सबै मन्त्री र सत्तारूढ दलका सांसद र प्रतिपक्षका पूर्व प्रधानमन्त्री लगायतका नेताहरू करिबकरिब घरवारविहीन बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button