Breaking NewsHeadline

प्रधानमन्त्री नियुक्तभएसँगै सुशीला सपथ लिंदै साथमा केही मन्त्रीकाे सपथ पनि आजै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेसँगै सपथ पनि अहिले नै लिइँदैछ ।

आन्दोलनरत जेन जीहरुसँगको वार्तापछिको समझदारीका आधारमा राष्ट्रपति पौडेलले कार्कीलाई निर्वाचन गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

यसका साथै शुक्रवार राति नै कुलमान घिसिङ तथा ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त गरिनुका साथै सपथ खुवाउने काम हुनेछ ।

यद्यपि, नौ बजे नै हुने भनिएको प्रधानमन्त्री कार्कीको सपथ ग्रहण भने ९ः३० भएको छ । शपथ ग्रहणपछि कार्कीको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक बसेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने तयारी भइरहेकाे छ ।

सपथ ग्रहण कार्यक्रममा कूटनीतिक नियाेगका व्यक्ति बाहेक अन्य राजनीतिक दलका नेताहरू, सभामुख र राष्ट्रिय सभा अध्यक्ष अनुपस्थित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button