Headlineबिशेषविचारसमाज

गुठी संस्थानद्वारा जारी निर्देशिका २०८१ बारेको छलफल बिना निष्कर्ष स्थगित

काठमाडौं – काठमाडौंमा रहेका दोलखाली कानुनवेत्ता पूर्व महान्यायाधीवक्ता डा. मुक्ति प्रधानको नेतृत्व र संस्कृतिप्रेमी अमरकुमार प्रधानकाे संयाजकत्वमा दोलखाली बुद्धिजीवी, प्राध्यापक, समाजसेवी, गुठियार, संस्थाका प्रतिनिधि तथा स्थानीय पत्रकारहरूको समूहले आज केन्द्रीय गुठी संस्थानका अध्यक्ष डा.शिवराज पण्डितसंग प्रत्यक्ष भेट गरी छलफल गरेका छन् ।

गुठी संस्थानद्वारा देवस्थल व्यवस्थापन समिति गठन प्रक्रियासम्बन्धी जारी निर्देशिका २०८१ प्रति दोलखाली गुठीसंग सम्वद्ध सरोकारवालाहरू असन्तुष्टि जनाउँदै वास्तविकता उजागर गर्न गुठी संस्थानको ढोका ढक्ढक्याउन पुगेका हुन् ।

छलफलको क्रममा दोलखालीको तर्फबाट समाजसेवी एवं संस्कृतिप्रेमी अमरकुमार प्रधानले गुठी संस्थानबाट जारी गरिएको निर्देशिकामा उल्लेखित तर्कहरू दोलखाको भीमेश्वर गुठी र कालिञ्चोकको खर्क र स्थानीय पर्व घण्टाकर्णसम्बन्धी तथ्यहरू स्पष्ट उल्लेख नभएको तर सो निर्देशिका गुठी संस्थानले जिल्ला मालपाेत कार्यालय दोलखामा प्रेषित गरिसकेको अवस्थालाई मध्यनजर राख्दै निर्देशिका राज्यभरका लागि तोकिएको देखिएको जसमा दोलखाकाे भीाेश्वर गुठी र कालिञ्चोकसँग सम्बद्ध नदेखिएको जिकिर गर्दै यथार्थ बुझ्नका लागि उपस्थित भएको बताए ।

कालिञ्चोक मन्दिर तथा पूजाआजा सन्दर्भमा स्थानीयहरूको धारणा यस्तो देखिन्छ– २०७३ वैशाखमा गुठी संस्थानकै पदाधिकारीको पहलमा घण्टाकर्ण गुठीलाई प्राथमिकता दिइने गरी सञ्चालन समिति गठन गरिएको थियो, जसमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष, मालपोत अधिकृत सचिव, तिरो (कर) उठाउने मालपोतकै कर्मचारी कोषाध्यक्ष, नापीको प्रतिनिधि सदस्य, प्रहरी नायव उपरीक्षक (डिएसपी) सदस्य, गुठी संस्थानका प्रतिनिधि सदस्य र परम्परागत दोलखाका जिम्वाल (थरी)हरू सदस्य रहेको बुझिन्छ ।

कालिञ्चोक मन्दिर र देवीको पूजाआजाको व्यवस्थापनको क्रमलाई हेर्दा कालिञ्चोक खर्कको नापी २०७० साउनमा गर्न नापी विभागबाट जिल्ला नापी कार्यालयलाई पत्राचार गरेको तर बजेट अभावका कारण नापी नभएको भन्ने देखिन्छ ।

कालिञ्चोक भगवतीको दक्षिणा उठाउनका लागि ठेक्का १० वर्षको लगाउँदा १ करोड ४२ लाख सकारेको पाइन्छ ।

कालिञ्चोकको कुरीमा लज होटल बनाई व्यापार व्यवसाय गर्नेहबाट प्रति वर्ग फिट १३ पैसा (रूपैयाँ) उठाएको देखिन्छ । यी आम्दानीबाट घण्टाकर्ण पर्व सञ्चालनका लागि हरेक वर्ष रू. ५० हजार किटान गरी प्रति वर्ष रूं. १० हजार थप गर्दै निकासा गरी घण्टाकर्ण पर्व सञ्चलन भैरहेको स्पष्ट छ । यस परम्परा नियमित सञ्चालनमा घण्टाकर्ण गुठी र त्रिपुरासुन्दरीको पूजाआजाको लागि पहिले नै लालमोहर भइसकेको यथार्थ सरोकारवाला गुठियारहरू बताउँदछन् ।

यसै सन्दर्भमा छलफल गर्न पुगेका दोलखालीहरूलाई गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डितले देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका २०८१मा देवस्थल भन्नाले राज्यभरकै हिन्दु, बौद्ध र मुस्लिम समुदायका धार्मिक देवस्थल समेटिएको तर स्थानीय देवस्थलको नाम उल्लेख नगरिएको स्पष्ट पार्दै यसै निर्देशिका संशोधन गरी दोलखाको हकमा दफा या उपदफामा समेटेर तोक्ने वचन दिएका छन् । तर सरोकारवालाहरू उक्त धारणाप्रति संतुष्ट देखिएनन् ।

निर्देशिकामा स्पष्ट स्थानको नाम, देवस्थल र सम्बन्धित गुठीको प्रक्रियाबारे खुलाउन जरुरी रहेकोले दोलखाली प्रतिनिधि मण्डल उपस्थितिको कारण जताएका छन् । पहिले नै समिति गठन भइसकेकाेले अब नयाँ समिति बनाइरहन नपर्ने उनीहरूकाे धारणा रहेकाे छ भने संस्थानकाे तर्फबाट भने अबकाे समिति सम्बन्धित गुठियारहरूबाट बन्ने जहाँ राजनीतिक दल भित्रका सर्वदलीय सदस्य रहन नपाउने र पदेन सदस्य मालपाेत अधिकृत र वडा अध्यक्ष बाहेककाे अन्य नराखिने बताएकाे छ ।

प्रस्तुत निर्देशिका दोलखाको मालपाेत कार्यालयमा पुगेर पनि अधिकृतको निर्देशनानुसार सम्बन्धित पालिका र सरोकारवालाहरूमा परिपत्र भई आएकोमा सो निर्देशिकामा उल्लेखित बुँदाहरूप्रति चित्त नबुझेकाले दोलखाको स्थानीय गुठीसँग सरोकारवालाहरूसँग राय बुझेर गुठी संस्थानमै छलफल गर्न उपस्थित भएको जानकारी कालिञ्चोक टुटान निवासी शेरप शेर्पाले दिएका हुन् ।

पूर्वन्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता डा. मुक्तिप्रधानको समन्वयात्मक संयोजकत्वमा गएको प्रतिनिधि मण्डलमा सहजकर्ता तथा संस्कृतिप्रेमी अमर प्रधान, गुठियार तथा समाजसेवी हेमराज श्रेष्ठ, प्राध्यापक अमन श्रेष्ठ, द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, गुठियार तथा कायुक्लवका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ, भीमेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख चोकबहादुर दाहाल, स्थानीय गुठी सम्वद्ध व्यक्ति लक्ष्मीदास श्रेष्ठ, कालिञ्चोक देवस्थलका शुभचिन्तक स्थानीय शेरप शेर्पा, बाँपिझ्यालाका सम्पादक उपेन्द्र प्रधान, तीनधारा मिडियाका सञ्चालक बालकृष्ण श्रेष्ठ र टाइगर टीम तिखातलका संरक्षक राजु श्रेष्ठ रहेका थिए ।

संस्थानका अध्यक्ष शिवराज पण्डितको अति व्यस्तताका कारण छलफलमा सान्दर्भिक प्रसङ्गको सही टुंगोमा पुग्न नसकेकोले पुनः सोही प्रतिनिधि मण्डलसँग छलफल गरिने जानकारी सहित स्थगन भएको छ । प्रतिनिधि मण्डलकाे मूल भनाइ नै निर्देशिकामा स्वेच्छाचारी तर्क मात्र नभइ स्थान र सम्बन्धित देवस्थलकाे गुठी र गतिविधिबारे दफावार व्याख्या खुलाउन जरुरी रहेकाे देखिन्छ ।

जानकारीको लागिः
गुठी संस्थानबाट जारी गरेको निर्देशिकाको प्रस्तावनामा यस्तो लेखिएको छ– ‘गुठी संस्थान ऐन २०३३ अनुसार राजगुठीहरूको सञ्चालन र बन्दोबस्त गर्ने जिम्मेवारी गुठी संस्थानले बहन गर्दै आइरहेको परिप्रेक्ष्यमा संस्थानबाट बन्दोबस्त हुँदै आएका राजगुठीका मठ, मन्दिर, देवालय, शिवालय, गुम्बा, बिहार, चैत्य समेतको धार्मिक ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय महत्वलाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्दै नियािमत सञ्चालन, व्यवस्थापन तथा समयानुकूल विकासका र संरक्षण्का लागि देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका जारी गरिएको छ ।’ भनी उल्लेख गरिएको छ ।

यसै निर्देशिकाको परिच्छेद–१ को दफा–२ को उपदफा ‘च’ मा ‘देवस्थल’ भन्नाले मठ, मन्दिर, देवालय, चैत्य, छोर्तेन, बिहार (बहा÷बही), गुम्बा, गुरुद्वार, देवीदेवता रहेको स्थल, देवीदेवताको प्रतिमा राखी वा नराखी सावैजनिक गुठीको पूजाआजा गर्ने गरेको भवन, कुटी, पर्वपूजा वा जात्रा जस्ता धार्मिक तथा सास्कृतिक कार्य हुने स्थल सम्झनुपर्छ ।’ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
7
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button