Headlineफिचरबिशेषविचार

जीवित समाधीस्थल गुरु नानक मठ काठमाडौंमा साधुहरूलाई साधु गुठीद्वारा भोजनदान !

बागमती प्रदेशको काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित नयाँबजार र बालाजु जोड्ने विष्णुमती खोलाको ठीक पूर्व–उत्तरतर्फ रहेको गुरु नानक मठ नामले प्रसिद्ध रहेको आश्रममा २०८२ साल भाद्र ९ गते बिहान सोही नानक मठ गुठीमा आश्रित साधु महन्तद्वारा काठमाडौंका विभिन्न स्थानमा रहेका साधु महात्मा बाबाहरूलाई भोजन दान कार्यक्रम सम्पन्न भएको छ ।

वर्तमान अवस्थामा साधुको प्राणयाममा स्थायीरूपमा विराजमान भइरहनु भएका एक साधु बाबाको जन्मदिनको अवसर पारेर गरिएको सो भोजन प्रदान कार्यक्रममा काठमाडौं पशुपतिको विभिन्न आश्रममा रहेका साधुसन्तहरूको उपस्थिति थिए ।

तपोवन, शंखवन, साधुकुटी, संगत वन तथा महन्त वनले चर्चित सो प्राचीन उदासिन नानक मठको खासै प्रचार भएको नदेखिएको भएपनि यस स्थलको महिमा र गरिमालाई उजागरको कदम अपरिहार्य रहेको छ ।

किरातकालीन सभ्यतादेखि नै ध्यानमा लिप्त विभिन्न तपस्वीहरूको आश्रयको रूपमा रहेको यस नानक मठको महत्वपूर्ण पक्ष भनेको एकै दिन, एकै स्थल र एकै समयमा जीवित समाधी लिइएको अलौकिक कार्य हो । जहाँ सातौं शताब्दीदेखि जागेको अग्नी धुनीले निरन्तरता पाएको छ ।

यसै नानक मठमा समाधीको गतिविधिमा दोलखा जिल्लामा रहेका उप्रेती वंशका महात्मा साधु महन्त रामगोपाल महाराज समेत सामेल भएको त्यहाँ देखिएको टिप्पणी पाटीले स्पष्ट पारेको छ ।

३६–३८ रोपनी जग्गामा फैलिएको यस मठाश्रममा साधुसन्त लगायत गाईपालनको गोठ पनि देख्न पाइन्छ । हाल केही गाई बिरामी भएकोले दुग्ध उत्पादनमा ह्रास आएको जानकारी त्यहाँ कार्यरत कर्मचारीले दिएको छ ।

२०७२ सालको महाभूकम्पले केही असर नपरेको भएपनि भवनहरू धेरै पुरानो भएकोले कतैकतै चिरा पर्न थालेको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् । काठमाडौं महानगरपालिकाले सो मठलाई सम्पदाकै स्वरूपमा पुनर्निर्माण गर्न योजना बनाइरहेको पनि उनले जानकारी दिएका छन् ।

जीवित समाधीस्थलको भूमिकाले लोकप्रिय रहेको सो नानक मठमा निरन्तर जागिरहेको धुनीले त्यस स्थलको महिमालाई उजागर गरेको छ । यसलाई विकसित रूपमा ल्याउनका लागि सरोकारवालाहरू ध्यान अपरिहार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button