Headlineबिशेषसमाचार

प्रहरी महानिरीक्षक दिपक थापाबाट नवनिर्मित भवनको उद्‌घाटन

सुर्खेत, ९ भदौ – प्रहरी महानिरीक्षक दिपक थापाले इलाका प्रहरी कार्यायल छिन्चु परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन, महिला आवास र भान्सा घरको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुका साथै नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा, घरेलु हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो ।

नयाँ भवन केवल संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको एवम् नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न एवम्घ टित अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उल्लेख गर्दै समाजमा देखा परेका विकृति एवम् विसङ्गति नियन्त्रण गर्न तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्न नागरिकसँग समन्वय, सहकार्य एवम् हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. पुष्पराज शाही, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल र Security and Justice Program (SJP) का Senior Project Manager Simon Peter Obrien ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल ३ करोड ३५ लाख २७ हजार ५ सय २५ रूपैयाँ ९ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button