Uncategorized

नेपालकै पहिलो ४ लेनको सुपरस्ट्रक्चर पुल मादी नदीमाथि निर्माण तिव्र गतिमा

तनहुँ जिल्लामा मादी नदीमाथि निर्माण भइरहेको नेपालकै पहिलो ४ लेनको सुपरस्ट्रक्चर पुलको प्रगति स्तराेत्तर रूपमा अगाडि बढिरहेकाे जानकारी प्राप्त भएकाे छ ।

निमार्णााधीन पुल ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र ६ वटा स्पान मध्ये हालसम्म ४ वटा स्पान निर्माण सम्पन्न भएको छ। बाँकी काम मनसुन सकिएपछि सुरु गरिने योजना छ।

यस पुलले व्यास नगरपालिका वडा नं. ४ र ५ जोड्ने हिसाबले मादी नदीमाथि निर्माण भइरहेको छ। ३१८ मिटर लम्बाइ र २३ मिटर चौडाइ भएको यो पुल नेपालकै पहिलो ४ लेनको स्ल्याव सुपरस्ट्रक्चर पुल हो।

एक अर्ब २१ करोड रुपैयाँ लागतमा ए एन के–जेड आइ ई सी जेभी कम्पनीले निर्माण गरिरहेको यस पुल २०७९ भदौ २२ मा सम्झौता भएको र २०८२ भदौ २१ अन्तिम म्याद तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button