Headlineबागमती प्रदेश जिल्ला खबरबिशेष

भैरवकुमारी जात्राको समापन : श्रद्धा, एकता र सांस्कृतिक गौरवको पूर्णता

वरिष्ठ जलविज्ञ इञ्जिनियर आत्माकृष्ण श्रेष्ठज्यूद्वारा जात्रामा संलग्न भैरव गण र कुमारी खलक, वाद्यवादन समूह सहितकाे टाेलीलाई रात्रीभाेज प्रदान

दाेलखाकाे माैलिक जीवनमा आधारित रहेकाे सामाजिक चित्रण सहितकाे साँस्कृतिक एवं पाैराणिक बालकुमारी जात्रा (भैरव कुमारी जात्रा) २०८२ सम्पन्न भएकाे छ । यस वर्षकाे जात्रा बिना व्यवधान सफलतापूवर्क सम्पन्न गरिएकाेमा प्रसन्नता व्यक्त गर्दै दाेलखाली समाजसेवी एवं नेपालकै वरिष्ठ जलविज्ञ इञ्जिनियर आत्माकृष्ण श्रेष्ठज्यूले जात्रामा संलग्न भैरव गण र कुमारी खलक, वाद्यवादन समूह सहितकाे टाेलीलाई रात्रीभाेजकाे आयाेजना गरी धन्यवाद दिनु भएकाे छ ।

इञ्जिनियर आत्माकृष्ण श्रेष्ठज्यूले गर्नुभएकाे याे सराहनीय कार्यमा स्थानीय व्यक्तित्व श्याम प्रधान, युवा नेतृत्व अजय प्रधान, भी.न.पा.- २की वडासचिव बिना श्रेष्ठले सहजकर्ताकाे भूमिका निभाएका थिए । उक्त अवसर सिर्जना गर्नु हुने करुणाेदय व्यक्ति श्रेष्ठकाे दाेलखाली समाजप्रतिकाे याे गतिविधि सामाजिक रूपमा उदाहरणीय बनेकाे छ ।

२०८२ सालकाे याे जात्रा साउन २६ गतेकाे रातमा सुरु भएर ३१ गतेकाे रातमा समाप्त भएकाे थियाे । यस जात्राकाे महिमा र गरिमाकाे बारेमा भन्नुपर्दा एक त धार्मिक महत्व बाेकेकाे विशेष जात्रा त छँदैछ, मानवकाे जीवनयात्रामा हुनुपर्ने कर्मशील दैनिकी समेत प्रस्तुत गरिने भएकाेले यसकाे व्याख्या अवर्णनीय छ ।

नेपालको सांस्कृतिक जीवनशैलीमा जात्राहरूले विशेष स्थान ओगटेका छन्। तीमध्ये दोलखाको भैरवकुमारी जात्रा एक ऐतिहासिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्व हो। तीन सय वर्षभन्दा पुरानो परम्परालाई निरन्तरता दिँदै मनाइने यो जात्रा केवल एक धार्मिक अनुष्ठान मात्र होइन, समुदायको आत्मा हो। जात्राको समापनले श्रद्धा, एकता र सांस्कृतिक गौरवको पूर्णता दर्शाउँछ।

जात्राको समापन समारोह विशेष रूपमा भक्तिपूर्ण वातावरणमा सम्पन्न हुन्छ। भैरव र कुमारीको प्रारूपमा मान्छे देवता र देवीकाे स्वरूपमा श्रृङ्गार गरेर स्थानीय माैिलक बाजाकाे तालमा नृत्य गराउँदै नगर परिक्रमा गराएपछि विधिपूर्वक पुनः कुल देव मन्दिरमा पुर्याएर विसर्जन गरिन्छ। यस अवसरमा विशेष पूजा गरेर व्रतालुहरूले विधिपूर्वक प्रार्थना सहितकाे आराधना गरिने कार्यक्रमहरू गरिन्छ। स्थानीय बासिन्दाहरू, विशेषतः वृद्ध र महिला सहभागीहरूले जात्राको समापनलाई भावनात्मक रूपमा अनुभव गर्छन्, यो केवल एक पर्वको अन्त्य होइन, आस्थाको पुनः पुष्टि हो। स्मरण रहेास् कि याे जात्रा रथ या खटमा बाेकेर डुलाइने जात्रा हाेइन ।

जात्राकाे थालनी र समापनमा स्थानीयकाे समन्वयात्मक भूमिकाले ले समुदायमा एकताको भावना बलियो बनाउँछ। जात्राको तयारीदेखि समापनसम्मको यात्रामा सबै वर्गको सहभागिता रहन्छ, जसले सामाजिक समरसता र सहकार्यको सन्देश दिन्छ। साथै, जात्राको समापनले नयाँ पुस्तालाई परम्पराको मूल्य बुझाउने अवसर दिन्छ, जसले सांस्कृतिक निरन्तरताको सुनिश्चितता गर्छ।

अन्ततः, भैरवकुमारी जात्राको समापन एक पवित्र क्षण हो- जहाँ श्रद्धा, परम्परा र सामाजिक एकता एकैसाथ समेटिन्छ। यस्ता पर्वहरूको संरक्षण र प्रवर्द्धन हाम्रो सांस्कृतिक उत्तरदायित्व हो, ताकि भावी पुस्ताले पनि यसको गौरव अनुभव गर्न सकून्।

तस्बिर साभारः अजय प्रधानकाे फाइलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button