
काठमाडाैं – श्रीकृष्ण जन्माष्टमी २०८२ साल अर्थात् नेपाल सम्वत् ११४५ काे गुन्ला पर्वकाे अवसरमा सकुना श्रेष्ठको अर्काे सांगीतिक काेसेली ‘कृष्ण कृष्ण’ नामाेच्चारण संगैकाे सुमधुर भजन आजैबाट युट्युबमा सार्वजनिक भएकाे छ ।
सकुना श्रेष्ठकाे सांगीतिक यात्राकाे याे तेह्राैँ साैगात हाे जसमा सबैमा उनले आफैंले स्वर भरेकी छन् । कुनै कुनै गीतकाे शब्द स्वयम्ले सिर्जना गरेकी हुन् भने विशेषतः अनुभवी रचनाकारहरूकाे शब्दमा स्वर भरेर याे यात्रा अगाडि बढाउँदै लगेकी छन् ।
सकुनाले संगीतमा मात्र नभएर समाजसेवामा सामाजिक योगदान, र धार्मिक आस्थासँगै मन्दिर जीर्णाेद्धार, असहायलाई सहयाेग गर्ने उनकाे कल्याणकारी भावनाले एक बहुआयामी व्यक्तित्वको रूपमा चित्रित गर्छ। त्यसैले त उनीलाई धेरैजसाे सभा समाराेहमा सम्मान ग्रहण गर्नका लागि विशेष निमन्त्रणाका साथ बाेलाउने गरिन्छ ।

सांगीतिक यात्रा
२०७८ सालमा “माईतीको आगन” गीतबाट तिजको अवसरमा गायन यात्रा सुरुवात गरेकी सकुनाले निम्न प्रकारका गीतहरूमा स्वर भरेकी छन् जस्तैः-
- लोकप्रिय तिज गीतहरू: “तिजको लहर”, “रानी झै घमक्क” लगायत दर्जनौं गीतहरू।
- आधुनिक गीतहरू: “जन्मघर दोलखा”, “दोलखा बजारमा”, “कति सहन्छौ” आदि।
- भजन संग्रह: “श्यामसुन्दर”, “जय जय हे प्रभु दोलखा भीमेश्वर”, “रामराम”, “पार लगाउन प्रभु” छन्।
भर्खरै सिर्जित “कृष्ण कृष्ण” भजनको निर्माण टोलीकाे विवरण यसप्रकारकाे छः
| पक्ष | विवरण |
|---|---|
| स्वर | सकुना श्रेष्ठ मलेकु |
| शब्द | एच.वि. सुनार |
| संगीत | मञ्जु उपासना |
| एरेञ्ज | सुदिप सागर |
| स्टुडियो | अकेन्टीक नेपाल |
| मिक्सिङ/मास्टरिङ | प्रकाश मिश्र |
| रेकर्डिस्ट | राजारामबाबु |
| निर्देशन | एच.वि. सुनार |
| कोरियोग्राफी | मञ्जु उपासना |
| छायाङ्कन | ज्ञानेन्द्र शर्मा हुमागाई |
| मेकअप | सपना लम्साल |
| ड्रोन | विशाल लामा |
| अभिनय | गिता ढुंगाना, गोविन्द विवस |
| सम्पादन | मिलन विश्वकर्मा, प्रविण |
युट्युबमा sakuna shrestha टाइप गरेपछि उनका अडियाे र भिडियाेका गीतहरू सहजै सुन्न सकिने बताउँदै नवसिर्जनाकार सकुनाले उनकाे सबै गीत धेरैले मन पराएर माया गरिदिएकाेमा शुभचिन्तक सबैप्रति आभार व्यक्त गर्दै अझै स्तराेन्नतिका लागि Subscribe, Share, Like गरिदिन आग्रह गरेकी छन् । उनकाे याे सफलताप्रति हाम्राे मिडियाकाे तर्फबाट पनि शुभकामना छ ।
https://shorturl.fm/t4n6h