Headlineबिशेषविचार

एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल  साउदी अरेबियासँग भिड्दै

एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल आज (शुक्रबार) साउदी अरेबियासँग भिड्दै छ। 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी गरेको नेपाली महिला टोली पहिलो जितको खोजीमा छ। 

उता पहिलो खेलमा दक्षिण कोरियासँग १५–० को फराकिलो अन्तरले पराजित साउदी पनि पहिलो जितको खोजीमा हुनेछ।

नेपालले आजको खेलमा बराबरी वा हार को नतिजा आए नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिनेछ।

त्यसैले नेपालले आजको खेलमा साउदीमा फराकिलो जित हासिल गर्ने रणनीतिमा मैदान उत्रनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button