
काठमाडाैं – धमाकेदार गीत ‘मस्तिकाे रात’ पछि ‘हुन्छ भने दिलैदेखि‘ नेपाली गीत र दोलखा नेवार भाषाकाे मौलिक नेवारी गीत ‘छिन् मखे जन्त‘ छिट्टै सार्वजनिक हुँदैछ ।
विनोद मास्केको आफ्नै शब्द, संगीत र स्वरमा निर्माण गरिएको दोल्खाको पहिलो मौलिक नेवारी भाषाको गीत र उनकै स्वर संगीत संयाेजन र बा अब छिट्टै सार्वजनिक हुँदैछ।
नेवार भाषाकाे अलग्गै पहिचान भएकाे दाेलखाली नेवार समुदायको मौलिक मातृभाषा, संस्कृतिकाे सन्देश बोकेको यस गीतमा सांगीतिक स्वाद र लोक परम्पराको मिठास मिश्रण रहेकाे छ । साथै गायक तथा संगीत संयाेजक मास्केकाे अर्काे नेपाली गीत ‘हुन्छ भने दिलैदेखि‘ पनि यस सँगसँगै सार्वजनिक हुने बताइएकाे छ । जुन गीत बालकृष्ण श्रेष्ठ ‘पासा‘ले रचेका छन् ।
यस गीतको शब्द, संगीत र स्वर विनोद मास्के आफैले सम्हालेकाे हुँदा मातृभाषाप्रेमीहरूलाई अझ आत्मीय बनाउन सहयाेग पुर्याएकाे छ। साथै यसै गीत अनुवाद गरेर उपत्यकाकाे नेपाल भाषामा गाउने साेच रहेकाे गायक मास्केले जानकारी दिएका छन्
यस सांगीतिक यात्रामा रम्नकालागि तल उल्लेखित विवरणमा ध्यान दिनुहुन मास्केकाे तर्फबाट सबैलाई हार्दिक अनुरोध गरिएकाे छ ।
👉 YouTube च्यानल “BM Sansar” लाई Subscribe गर्न नभुल्नुहोस्। छिट्टै आउने गीतको सुचना र भिडियो हेर्न Subscribe गरेर सँगै रहनुहोस्।
नेवार भाषा, कला र दोल्खाली पहिचानको सम्मानमा एउटा सानो कदर, तपाईंको साथ र समर्थन अपेक्षित छ।