Headlineअपराध घटना

काठमाडाैंकाे कुमारीगालमा एक युवककाे हत्या ३ जना पक्राउ

काठमाडाै – काठमाडौँ महानगरपालिकाको वडा नं. ७ चाबहिलस्थित कुमारीगालमा एक  युवकको हत्या भएको छ । 

काभ्रे जिल्लामा घर भएका २२ वर्षीय अमृत कार्कीकाे आज बिहान दुई समूहबीच झगडा हुँदा ज्यान गएकाे प्रहरी स्राेतले बताएकाे हाे ।

 झगडाकाे क्रममा छुरा हानेर उनको हत्या गरिएको  प्रहरी वृत्त गौशालाले जनाएको छ।  हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेकाे र अनुसन्धान भइरहेकाे प्रहरी वृत्त गौशालाले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button