Headlineप्रदेश खबरबिशेषसमाचार

दाेलखाकाे सिंगटीमा ‘नेचर गाइड तालिम‘ सम्पन्न

दाेलखा पुस ५- वागमती प्रदेशकाे दाेलखा जिल्ला अन्तर्गत कालिञ्चाेक गाउँपालिका र विगु गाउँपालिकाकाे दाेसाँधमा रहेकाे सिंगटीमा ‘नेचर गाइड तालिम‘ सम्पन्न भएकाे छ ।

जिल्लास्थित गाैरीशंकर संरक्षण क्षेत्र आयोजनाकाे कार्यालय सिंगटीमा भएकाे साे तालिम ७ दिनसम्म सञ्चालन भएकाे स्थानीय स्राेतले जानकारी दिएकाे हाे ।

मंसिर २८ गतेदेखि सुरु भएको तालिममा दोलखाका १५ जना र सिन्धुपाल्चोकको ५ जना गरी २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जनाइएकाे छ ।

गौरीशंकर संरक्षण क्षेत्रका आयोजना प्रमुख तुलसी प्रसाद दाहालकाे भनाइ उद्धृत गर्दै यो तालिम पर्यटन प्रवद्र्धन र प्रकृति गाइडहरुका लागि अत्यन्तै उपयाेगी र प्रभावकारी भएकाे बताइएकाे छ ।

कालिञ्चाेक गाउँपािलका वडा नंं. १ र विगु गापा-४ काे सिमानामा पर्ने सिंगटी पर्यटकीय र व्यापारिक मार्गकाे मुख्य स्थल मानिन्छ । दाेलखामा पर्यटन विकासका लागि यसप्रकारकाे तालिम अपरिहार्य भएकाे सहभागी प्रशिक्षार्थीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button