बागमती प्रदेश जिल्ला खबरसमाचार

विषय भन्दा फरकधारमा मन्त्री बनेका भरतबहादुर केसी

दाेलखा – निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अविश्वासकाे सामना गर्दै राजीनामा दिएसँगै कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा ९ सदस्यीय नयाँ मन्त्री परिषद् गठन भएर सपथ पनि लिइसकेका छन् ।

नेकपा एमालेका केन्द्रीय कमिटीले पहिले नै दिएकाे वचन अनुसार नयाँ मन्त्रीपरिषद्मा दोलखा प्रदेश सभा ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद भरत केसीलाई पनि मन्त्री बनाएका हुन् ।

स्रोतका अनुसार एमाले बागमती प्रदेश कमिटी र एमालेको प्रदेशसभा संसदीय दलमा केसीलाई मन्त्री बनाउने सहमति हुनुमा एक वर्षअघि प्रदेश सरकार गठन हुँदाताकाकाे केन्द्रीय कमिटीकाे प्रतिबद्धता र समन्वयकै प्रतिफल हाे भन्ने निकट स्राेतले जनाएकाे छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका केसी २०७९ सालमा प्रदेशसभा ‘ख’ वाट प्रतक्ष्यतर्फ उम्मेदवार बनेका थिए । दाेलखाबाट प्रदेशसभा निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दापनि केसीले सान्दार जित हासिल गरेका थिए । कूल १९ हजार ४१४ मतप्राप्त गरेका केसीले १ हजार ८१९ मतान्तरले कांग्रेसका उम्मेदवार बर्मा लामालाई पराजित गरेका थिए ।

नवनियुक्त मन्त्री भरत बहादुर केसी बागमती प्रदेशमा दोलखावाट मन्त्री बन्ने पाँचौं सांसद हुन् । यसअघि एमालेवाट सरस्वती बस्नेत, रचना खड्का, विशाल खड्का र कुन्दनराज काफ्ले प्रदेशको मन्त्री बनिसकेका छन् । बागमती प्रदेशमा दोलखावाट ५ जना मन्त्री बन्दा ३ जना एमालेवाट छन् । एमालेवाट मन्त्री बनेकी सरस्वती बस्नेतले सामाजिक विकास मन्त्रालय र रचना खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका थिए ।

नेकपा एमालेका निकै प्रखर नेताकाे रूपमा लाेकप्रियता कमाइरहेकाे केसीकाे मनाेकांक्षा अनुसार दाेलखाकाे हितमा स्थानीय विकाससहितकाे पूर्वाधार सम्बन्धी मन्त्रालय वा संस्कृति तथा पर्यटन मन्त्रालयकाे विभाग परेकाे भए विषयगत हिसाबले कार्यविधि र कार्यनीति अगाडि बढाउन सहज हुने थियाे भन्ने विश्लेषकहरूकाे तर्क रहेकाे छ । जे हाेस् यसभन्दा पहिलेकाे पालाेमा नेकपा माअाेवादीका विशाल खड्काले पनि वनमन्त्रीकै कार्यभार सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button