Headlineमुख्यसमाचार

बागमती प्रदेशभित्र नेपाली कांग्रेसकाे राजनीतिक नाटकीयता कायमै

मुख्यमन्त्री बहादुर सिंह लामाले अन्ततः राजीनामा दिने तयारीमा

मकवानपुर हेटाैडा -मुख्यमन्त्री बहादुर सिंह लामा आफ्नै पार्टीका पाँच मन्त्रीले राजीनामा दिएर अड्काे थापेपछिकाे उत्पन्न नैतिक संकटकाे घेरामा परी राजीनामा दिने भएका छन् ।

अविश्वासकाे प्रस्ताव सहित दलको नेताबाट हटाइएपछि आएको दबाब, र पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनले लामालाई राजीनामा गर्न बाध्य बनाएको हो।

बागमती प्रदेशमा देखिएकाे सत्ता हस्तान्तरणको प्रक्रिया अनुसार लामाले आफ्ना तीन समर्थक सांसदलाई मन्त्रीमा नियुक्त गरे पनि प्रदेश प्रमुखको स्वास्थ्य समस्याले सपथ रोकिएको थियो । सहमति अनुसार ती तीन मन्त्रीलाई नयाँ सरकारमा पनि समावेश गरिनेछ । लामाले आइतबार मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी गरेका छन् ।

नयाँ नेतृत्व इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता हुन्। लामाको राजीनामापछि उनी मुख्यमन्त्री बन्नेछन्। अब उनले कांग्रेस र एमालेबीचको सहमति अनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गर्नेछन् ।

मुख्यमन्त्रीको इतिहास बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री बन्नेछन्। यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जमकट्टेल, र बहादुर सिंह लामाले नेतृत्व सम्हालेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button