
‘मस्तिकाे रात’ बाेलकाे गीत BM Sansaar युट्युब च्यानलमा सार्वजनिक हुँदै
बागमती प्रदेश अन्तर्गत दाेलखा जिल्लाकाे छत्रछायामा सांगीतिक खुराक पस्किने गायकगायिकाहरूकाे हाेडबाजिमा एक नयाँ उदीयमान गायक विनाेद मास्केकाे ‘मस्तिकाे रात‘ बाेलकाे गीत आज सार्वजनिक हुँदैछ ।

अनुभवी कलाकारहरूकाे दमदार नृत्य र सांगितिक रमझममा समेटिएकाे यस गीतमा स्वर, शब्द र संगीत गायक स्वयंकाे रहेकाे छ भने म्युजिक एरेञ्जरमा नरेन्द्र वियाेगीकाे रहेकाे छ ।
यस गीत पछि चाँडै नै ‘हुन्छ भने दिलैदेखि माया दिइ हेर’ बाेलकाे गीत र अर्काे दाेलखाली नेवार भाषामै सिर्जना गरिएकाे ‘ छिन मखे जन्त’ भन्ने बाेलकाे गीत पनि तैयारी भइरहेकाे जानकारी गायक तथा संगीतकार विनाेद मास्केले बताउनु भएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?